
भुवनेश्वर, 04 अक्टोबर (हि.स.)। महान स्वतन्त्रता सेनानी, सामाजिक कार्यकर्ता एवं लेखिका माँ सरला देवीको पुण्यतिथीको अवसरमा ओडिशा विधानसभाका अध्यक्ष सुरमा पाधीले उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। अध्यक्षले विधानसभा परिसरमा रहेको माँ सरला देवीको मूर्तिमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे।
यस अवसरमा सुरमा पाढीले भनिन्, माँ सरला देवी महिला सशक्तीकरणकी प्रतीक हुन्। उनले ओडिशा विधानसभाकी पहिलो महिला विधायकको रूपमा सेवा पुऱ्याइन् । साथै उनले ओडिशामा स्वतन्त्रता सङ्ग्रामको नेतृत्व गरेर महिला शिक्षा, महिला जागरण र सामाजिक विकासका लागि उल्लेखनीय काम गरिन्।
विधानसभा अध्यक्षले भने, सरला देवीको आदर्श, त्याग अनि सेवा भावनाले समाजलाई सधैँ प्रेरित गरिरहनेछ। उनको जीवन महिला सशक्तिकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउन समर्पित थियो।
पुण्यतिथीको अवसरमा एकाम्राका विधायक बाबु सिंह, ओडिया भाषा, साहित्य तथा संस्कृति विभागका वरिष्ठ अधिकारी, बुद्धिजीवी तथा सामाजिक कार्यकर्ताहरूसहित अन्य गण्यमान्य व्यक्तिहरूले पनि माँ सरला देवीलाई श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदान र व्यक्तित्वलाई स्मरण गरे।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा