82 लाखको मादक पदार्थ सहित दुई अन्तर्राज्यीय तस्कर पक्राउ
82 लाख के मादक पदार्थ के साथ दो अंतरराज्यीय तस्कर गिरफ्तार


किशनगञ्ज, 04 अक्टोबर (हि.स.)। लागू औषधको कारोबारविरुद्ध किशनगञ्ज पुलिसको विशेष अभियानमा ठूलो सफलता हासिल भएको छ। पुलिसले दुईवटा छुट्टा-छुट्टै कारबाहीमा 408 ग्राम स्म्याक (हेरोइन) जस्तै लागू पदार्थ र 3.888 किलोग्राम गाँजा जफत गरी दुई जना अन्तर्राज्यीय तस्करहरूलाई पक्राउ गऱ्यो।

जफत गरिएको स्म्याक जस्तो पदार्थको अन्तर्राष्ट्रिय बजारमा लगभग 80 लाख रुपियाँ र गाँजाको मूल्य लगभग दुई लाख रुपियाँ रहेको अनुमान गरिएको छ।

पुलिस अनुसार लगभग 82 लाख रुपियाँको मादक पदार्थ जफत गरिएको छ। आइतवार पुलिस अधीक्षक सन्तोष कुमारले पत्रकार सम्मेलनमा उक्त कारबाही बारे जानकारी दिए। उनले बताए, गुप्त सूचनाको आधारमा एसडीपीओ-1 खुसरु सिराजको नेतृत्वमा एएनटीएफ र किशनगञ्ज पुलिसको संयुक्त टोली गठन गरी कारबाही गरियो। बितेको अक्टोबरमा एमजीएम गेट नम्बर- 2 बाट मालद्वार जाने सड़कको छेउमा जाँच गर्दा पुलिसलाई देखेर भागिरहेका एकजना संदिग्धलाई घेराबन्दी गरेर पक्राउ गरियो जसको पहिचान मालद्वार, थाना ग्वालपोखर, उत्तर दिनाजपुर (पश्चिम बङ्गाल) निवासी निखिल मण्डलको रूपमा भएको छ।

खोजी गर्दा उबाट 408 ग्राम स्म्याक (हेरोइन) जस्तो पदार्थ र एउटा की-प्याड मोबाइल जफत गरियो। सोधपुछमा उसले मालद्वारबाट मादक पदार्थलाई ल्याएएर एमजीएम नजिकै अर्को तस्करलाई दिएको स्वीकार गऱ्यो। यस मामिलामा किशनगञ्ज थनामा केस नम्बर 1094/26 दर्ता गरिएको छ।

सोही दिन बस स्ट्यान्डदेखि रेलवे स्टेशनसम्म जाने सर्भिस रोडमा टाउन हल नजिकै पुलिसले भागिरहेको टेका रायपुर, थाना इस्लामपुर, मुर्शिदाबाद (पश्चिम बङ्गाल)- का बासिन्दा सत्तार शेखलाई पक्राउ गऱ्यो। खोजी गर्दा 3.888 किलोग्राम गाँजाको छ वटा प्याकेट र शरीरको वरिपरि लपेटिएको कालो कपड़ाभित्रबाट मोबाइल फोन जफत गरियो। सोधपुछमा उसले कुचबिहारबाट मुर्शिदाबादसम्म गाँजा लिएर आएको कुरालाई स्वीकार गऱ्यो। यस मामिलामाकेस नम्बर 1095/26 दर्ता गरी अनुसन्धान शुरु गरिएको छ।

पुलिसले दुवै मामिलामा तस्करीको ब्याकवर्ड र फरवार्ड लिङ्कको अनुसन्धान गरिरहेको छ। एसपी सन्तोष कुमारले लागू औषध व्यापार विरुद्धको अभियान जारी रहने र पुलिसले लागू औषध मुक्त किशनगञ्जको लागि पूर्ण प्रतिबद्धताको साथमा कारबाही गर्ने बताए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande