राज्यको निर्यात 2 लाख करोड़भन्दा अधिक  पुग्योः  योगी आदित्यनाथ
नियुक्ति पत्र वितरण कार्यक्रम को संबोधित करते मुख्यमंत्री योगी


- मुख्यमन्त्री योगीले भदोही पुग्नअघि आइतवार बिहान एक्समा पोस्ट गरे

लखनऊ, 04 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको भदोही जिल्ला पुग्नअघि मुख्यमन्त्री योगी आदित्यनाथले आइतवार बिहान सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरे, उनले आज एशियाको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय हस्तनिर्मित गलैँचा व्यापार मेला 'इण्डिया कार्पेट एक्सपोको स्वर्ण जयन्ती संस्करणको उद्घाटन गरेर गलैँचा उद्योगका निर्यातक, विक्रेता र उद्यमीहरूसँग कुराकानी गर्नेछन्।

मुख्यमन्त्री योगीले भने, पहिला भदोहीको प्रतिभाले आफ्नो बाटो खोज्थ्यो भने आज सरकारले यसका लागि विकास, बजार एवं अवसरका नयाँ ढोका खोलिरहेको छ। पछिल्लो 10 वर्षमा राज्यको निर्यात लगभग 2.27 गुणा बढेर आज 2 लाख करोड़ रुपियाँ पुगेको छ। उत्तर प्रदेश देशको पाँचौँ सबैभन्दा ठूलो निर्यातक राज्य हो। निर्यातमा भदोहीको गलैँचाको ठूलो योगदान छ।

मुख्यमन्त्री योगीले भने, जुन हातहरूले आफ्नो प्रतिभाले भदोहीको गलैँचालाई संसारभरि पुऱ्याए, वर्ष 2017 भन्दापूर्व त्यही हातहरू आधारभूत सुविधा र अवसरको प्रतीक्षा गर्दथे। आज डबल इञ्जिनको सरकारमा त्यहीँ कौशल विकास औ वैश्विक बजार दुवैसँग जोडिएको छ। हस्तनिर्मित भदोहीको गलैँचाको माग आज संसारमा सबैभन्दा बढी छ जसले वैश्विक मञ्चमा उत्तर प्रदेशको कौशल प्रदर्शन गरिरहेको छ।

उनले भने, यस अवसरमा भदोही, औराई र ज्ञानपुर विधानसभा निर्वाचन क्षेत्रले 1 हजार 340 करोड रुपियाँभन्दा अधिकको 112 वटा विकास परियोजना उपहार प्राप्त गर्नेछ। विभिन्न योजनाका लाभार्थीलाई हितलाभ प्रदान गरिनेछ।

मुख्यमन्त्री योगीले भने, कारीगरको हातलाई सम्मान, उद्यमको विस्तार, युवाहरूलाई रोजगार अनि भदोहीलाई समृद्धि, यही नै नयाँ उत्तर प्रदेशको धरोहर एवं विकासको सङ्गमको नयाँ पहिचान हो। उल्लेखनीय छ, मुख्यमन्त्री योगी आदित्यनाथ आइतवार भदोहीको भ्रमणमा रहनेछन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande