लोकसभा अध्यक्ष, गृहमन्त्री सहित अन्यले गुरु नानक देवको ज्योति-जोत दिवसमा नमन गरे
प्रतीकात्मक


नयाँ दिल्ली, 0५ अक्टोबर (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरला, केन्द्रिय गृहमन्त्री एवं सहकारिता मन्त्री अमित शाह सहित अन्यले सोमवार सिख धर्मका संस्थापक गुरु नानक देवको ज्योति-जोत दिवसका अवसरमा उलाई कोटि-कोटि नमन गरेका छन्।

ओम बिरलाले एक्समा लेखेका छन्, “सिख धर्मका संस्थापक, प्रथम पातशाही गुरु नानक देवको ज्योति-जोत दिवसमा उनलाई कोटि-कोटि नमन। मानवता, समानता र आध्यात्मिक चेतनाका महान् अग्रदूत गुरु नानक देवजीले आफ्नो जीवन मार्फत संसारलाई सत्य, करुणा, मानवता र सद्भावनाको सन्देश दिए। उनले समाजमा व्याप्त अन्धविश्वास, भेदभाव, जातिप्रथा तथा सामाजिक कुरीति विरुद्ध निर्भीकतापूर्वक आवाज उठाए। गुरु साहिबको विचारधाराले सबै प्राणीको कल्याणको मार्ग देखाउँछ। प्रेम, करुणा, सेवा, सत्य, भाइचारा र पारस्परिक सम्मानमा आधारित उनको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ।”

अमित शाहले भने, गुरु नानक देवको सन्देश ‘नाम जपो, किरत करो, वंड छको’ ले आज पनि प्रत्येक व्यक्तिलाई इमानदारीपूर्वक मेहनत गर्न र त्यस मेहनतको फल अरूसँग बाँड़ेर खान प्रेरित गर्दछ। हजारौँ वर्ष लामो भारतीय संस्कृतिको यात्राको सार समेटिएको उनको वाणीले सबैलाई सदैव सत्य, सेवा र सद्भावको मार्गमा हिँड्न प्रेरित गरिरहनेछ।

संसदीय मामिला मन्त्री किरेन रिजिजूले भने, ‘इक ओंकार’ को सन्देश दिँदै गुरु नानक देवले मानवतालाई सत्य, समानता, सेवा र भाइचाराको मार्ग देखाए। साथै जातिय भेद, भेदभाव तथा सामाजिक कुरीतिहरूको विरोध गर्दै सबै मानिसप्रति समानता र सम्मानको सन्देश दिए। उनका पवित्र शिक्षाले आज पनि सबैलाई निःस्वार्थ सेवा, परोपकार र मानव कल्याणको मार्गमा हिँड्न प्रेरित गरिरहेका छन्।

केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले गुरु नानकका पङ्क्ति उद्धृत गर्दै भने, “नानक नाम चढ्दी कला, तेरे भाणे सरबत दा भला।”

केन्द्रिय कपड़ा मन्त्री गिरिराज सिंहले भने, गुरु नानक देव सिख धर्मका संस्थापक तथा प्रथम गुरु हुनुका साथै प्रेम, करुणा, सबै धर्मबीच पारस्परिक सद्भाव र सामाजिक एकताका प्रतिमूर्ति थिए।

भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनले भने, गुरु नानक देवले आफ्ना वचन तथा जीवन मार्फत मानवतालाई सेवा, सद्भाव र समानताको मार्ग देखाए। सिख धर्मका संस्थापकका रूपमा उनले सत्य, करुणा र मानव सेवालाई जीवनको आधार बनाउने सन्देश दिए। गुरु साहिबका शिक्षाले सदैव सबैको मार्गदर्शन गरून् र सबैले उनले सिकाएका आदर्शलाई आफ्नो जीवनमा अपनाउँदै समाज तथा राष्ट्रको कल्याणमा योगदान दिऊन् भन्ने आफ्नो प्रार्थना रहेको उनले बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande