
नयाँ दिल्ली, 0५ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान सधैँ झैँ एक्समा एउटा सुन्दर श्लोक सुभाषितमका रूपमा साझा गरेका छन्। यस मार्फत उनले मानिसका सात वटा गुणबारे उल्लेख गरेका छन्। उक्त श्लोक हो– “शुचित्वं त्यागिता शौर्यं सामान्यं सुखदुःखयोः। दाक्षिण्यं चानुरक्तिश्च सत्यता च सुहृद्गुणाः॥” यो श्लोक प्रसिद्ध संस्कृत ग्रन्थ हितोपदेशबाट लिइएको हो।
प्रधानमन्त्री मोदीको पोस्टमा यस श्लोकको अर्थ उल्लेख गर्दै भनिएको छ, “हृदयको निर्मलता, त्याग भावना, शूरता, सुख र दुःखमा समान भाव, चतुरता, अनुराग र सत्यता—यी केवल सामान्य मित्रका गुण होइनन्, बरु उदार हृदय तथा विशिष्ट व्यक्तित्व भएका मानिसको पहिचान हुन्।”
प्रधानमन्त्री नरेन्द्र मोदीको यो सन्देश विभिन्न दृष्टिले महत्वपूर्ण रहेको छ। मानिस यस संसारको सबैभन्दा श्रेष्ठ प्राणी हो भन्ने कुरा हामी सबैलाई थाहा छ। उसको श्रेष्ठता उसको विचार, विवेक र आचरणले निर्धारण गर्छ। मानिससँग रहेको जस्तो मस्तिष्क अन्य कुनै प्राणीसँग छैन। यस दृष्टिले उसको विचार प्रक्रिया विलक्षण छ। यही कारणले ऊ विशिष्ट छ।
हिन्दुस्थान समाचार / भवानी थामी