कारमा गोप्य कक्ष बनाएर सुन तस्करी, ४६५ ग्राम सुन सहित दुई पक्राउ
कारमा गोप्य कक्ष बनाएर सुन तस्करी, ४६५ ग्राम सुन सहित दुई पक्राउ


सिलगढ़ी, 0५ अक्टोबर (हि.स.)। चारचक्के सवारीसाधनमा गोप्य कक्ष बनाएर सुन तस्करी गर्ने प्रयासलाई बागडोगरा पुलिसले विफल पारेको छ। पुलिसले आइतवार राति विमानस्थल मोड क्षेत्रमा एउटा कार रोकेर तलासी लिँदा ४६५ ग्राम सुन जफत गरेको छ। यस घटनामा दुई जना आरोपीलाई पक्राउ गरिएको छ।

पक्रा पर्ने आरोपीहरूको पहिचान सावन कुमार र रमन कुमारका रूपमा भएको छ। दुवै बिहारको सहरसा जिल्लाका निवासी हुन्।

उनीहरू सिलगढ़ीबाट सुन लिएर बिहार जाने तयारीमा रहेको आरोप छ। यसका लागि कारमा विशेष रूपमा गोप्य कक्ष बनाइएको थियो, जसमा सुनका बिस्कुट लुकाएर राखिएको थियो।

जफत सुनसँग सम्बन्धित वैध कागजात फेला नपरेपछि पुलिसले दुवै जनालाई पक्राउ गरेको हो। जफत सुनको बजार मूल्य लगभग ७० लाख रुपियाँ रहेको बताइएको छ। पुलिसले तस्करीमा प्रयोग गरिएको चारचक्के सवारीसाधन समेत नियन्त्रणमा लिएको छ।

दुवै आरोपीलाई सोमवार सिलगढ़ी महकुमा अदालतमा पेश गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande