
गुवाहाटी, 5 अक्टोबर (हि.स.)। गुवाहाटीको काहिलीपाड़ास्थित क्लब ब्लूज बारबाट बाहिर निस्किएपछि एकजना युवाको शंकास्पद अवस्थामा मृत्यु भएको घटना सार्वजनिक भएको छ। मृतकको पहिचान प्रकाश राभाको रूपमा भएको छ। घटना सोमवार बिहान भएको बताइएको छ।
जानकारीअनुसार प्रकाश राभा आफ्ना साथीहरूसँग क्लब ब्लूजमा पार्टी गर्न गएका थिए। उनले साथीहरूसँग रक्सी खाए अनि बिहान सवेरै 3ः38 बजे बारबाट निस्किएपछि उनको रहस्यमय परिस्थितिमा मृत्यु भएको बताइएको छ।
युवाको मृत्युको परिस्थितिलाई लिएर धेरै वटा प्रश्न उठिरहेका छन्। यो घटना महानगरको द लोकल्स नाइटक्लबसँग सम्बन्धित हालैको घटनापछि भएको छ। प्रकाश राभाको मृत्युको वास्तविक कारण अनुसन्धानपछि मात्र थाहा लाग्नेछ।
--------
/ बिशाल