ईडीका संयुक्त निदेशक स्वपन बोसको निधन
प्रवर्तन निदेशालय (ईडी) के संयुक्त निदेशक स्वपन बोस, जिनका मंगलवार को लंबी बीमारी के बाद निधन हो गया। उन्होंने ईडी में 33 वर्षों तक सेवाएं दीं।


नयाँ दिल्ली, 0६ अक्टोबर (हि.स.)। प्रवर्तन निदेशनालय (ईडी) का संयुक्त निदेशक स्वपन बोसको मंगलवार लामो समयदेखि बिरामी रहेपछि निधन भएको छ। उनले ३३ वर्षदेखि ईडीमा सेवा दिँदै आएका थिए। ईडीले उनको निधनलाई संगठन तथा सार्वजनिक सेवाको क्षेत्रमा अपूरणीय क्षति भएको बताएको छ।

ईडीले जारी गरेको शोक सन्देशमा स्वपन बोसले आफ्नो लामो सेवाकालमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेको र व्यावसायिक दक्षता, संस्थागत प्रतिबद्धता तथा इमानदारीका साथ ती जिम्मेवारी निर्वाह गरेको उल्लेख गरेको छ। विभागले उनलाई विशिष्ट क्षमता, कर्तव्यनिष्ठ आचरण र अटुट समर्पण भएका अधिकारीका रूपमा स्मरण गरेको छ।

ईडीका निदेशक सहित मुख्यालय तथा सबै क्षेत्रीय र उपक्षेत्रीय कार्यालयका अधिकारी एवं कर्मचारीहरूले स्वपन बोसको निधनप्रति शोक व्यक्त गर्दै उनका परिवार, आफन्त तथा सहकर्मीप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

निदेशनालयले दुःखको यस घड़ीमा शोकसन्तप्त परिवारसँग आफू दृढ़तापूर्वक उभिएको बताउँदै दिवंगत आत्माको शान्तिको कामना गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande