बंगाल विधानसभा उपनिर्वाचनः नन्दीग्राम र रेजीनगरमा मतदानका क्रममा तनाव, विधायक हुमायूँ कबीर सहित कांग्रेस नेता पक्राउ
मतदान


कोलकाता, 0६ अक्टोबर (हि.स.)। पश्चिम बंगालका दुई संवेदनशील विधानसभा क्षेत्र पूर्व मेदिनीपुरको नन्दीग्राम र मुर्शिदाबादको रेजीनगरमा उपनिर्वाचन अन्तर्गत मंगलवार बिहान ७ बजीदेखि कड़ा सुरक्षा व्यवस्थाबीच मतदान भइरहेको छ। मतदान शुरु भएलगत्तै दुवै क्षेत्रमा राजनीतिक टकराव, झड़प, नेताहरूको पक्राउ तथा पुलिस–प्रशासनमाथि गम्भीर आरोपहरू सार्वजनिक भएका छन्। रेजीनगरमा पुलिसको काममा बाधा पुर्याएको तथा निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोपमा आम जनता उन्नयन पार्टी (एजेयूपी) का प्रमुख तथा नाओदा क्षेत्रका विधायक हुमायूँ कबीरलाई पक्राउ गरिएको छ। त्यस्तै, नन्दीग्राममा शान्ति भंग गरेको आरोपमा कांग्रेसका ब्लक अध्यक्षलाई हिरासतमा लिइएको छ।

रेजीनगरमा मतदानको शुरूआती घण्टादेखि नै तनावको अवस्था देखियो। आम जनता उन्नयन पार्टीका प्रमुख हुमायूँ कबीर बिहानै मतदान गर्न पुगेका थिए। उनले भाजपामाथि मतदान केन्द्रको तहमा अवरोध सिर्जना गरेको र मत लुट्ने प्रयास गरेको आरोप लगाए। मतदान केन्द्रबाहिर पुलिससँग उनको चर्को विवाद तथा धकेलाधकेल भयो। उनीमाथि पुलिसलाई धम्क्याएको आरोप समेत लागेको छ।

बेलडाँगा अनुमण्डल पुलिस अधिकारी आनन्दजीत होर अनुसार, निर्वाचन आचार संहिता उल्लंघन तथा पुलिसको सरकारी काममा बाधा पुर्याएको आरोपमा रेजीनगर थाना पुलिसले हुमायूँ कबीरलाई औपचारिक रूपमा पक्राउ गरेको हो।

यसैबीच रेजीनगरमा वाममोर्चा र कांग्रेसले पुलिसमाथि पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्। दादपुर अञ्चलको मोरादीघी स्थित मतदान केन्द्र नम्बर ११२, ११३, ११४ र १२२ तथा काशीपुर ग्राम पञ्चायतका मतदान केन्द्र नम्बर ९९ र १०० मा पुलिसले कांग्रेस तथा वाममोर्चाका मतदान प्रतिनिधिलाई बस्न नदिएको आरोप लगाइएको छ।

मिर्जापुर खागडुपाड़ा प्राथमिक विद्यालयका मतदान केन्द्र नम्बर ८५ र ८६ मा निर्वाचन आयोगको अधिकृत परिचयपत्र देखाउँदा समेत सञ्चार कर्मीलाई समाचार संकलन गर्न नदिएको गुनासो पनि गरिएको छ।

नन्दीग्राममा सीपीआईका निर्वाचन प्रतिनिधिमाथि आक्रमण

नन्दीग्राम विधानसभा क्षेत्रमा पनि छिटपुट हिंसा तथा तनावका घटना सार्वजनिक भएका छन्। सरबेरियाको मतदान केन्द्र नम्बर २१२ मा भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) का उम्मेदवारका निर्वाचन प्रतिनिधि शेख सद्दाम हुसैनमाथि ज्यानमारा आक्रमण भएको आरोप लागेको छ। सद्दाम हुसैन पूर्व विधायक मोहम्मद इलियासका छोरा हुन्। गम्भीर घाइते अवस्थामा उनलाई नन्दीग्राम सुपर स्पेसियालिटी अस्पतालमा भर्ती गरिएको छ।

अर्कोतर्फ, क्षेत्रमा अशान्ति फैलाएको तथा माहोल बिगारेको आरोपमा पुलिसले नन्दीग्राम–१ कांग्रेस ब्लक अध्यक्ष शेख असाफुलतुल्लाहलाई हिरासतमा लिएर नन्दीग्राम थानामा लगेको छ।

यसअघि मंगलवार बिहान कांग्रेस उम्मेदवार मिलन प्रधानले सोनाचुडा गाङ्गडा प्राथमिक विद्यालयको मतदान केन्द्र नम्बर २८० मा पत्नी अर्पिता प्रधानसँग मतदान गरे। उनले मतदातालाई निडर भएर आफ्नो मताधिकार प्रयोग गर्न अपील गरे।

केन्द्रमारी अञ्चलको हुसैनपुर मतदान केन्द्र नम्बर ११८ लगायतका अल्पसंख्यक बहुल मतदान केन्द्रमा मतदाताको लामो लाइन देखियो। पसलहरू बाहिर भएको अवैध जमघटलाई केन्द्रिय सुरक्षा बलले लाठी प्रयोग गरी हटाएको बताइएको छ।

कड़ा सुरक्षाबीच मतदान जारी

शान्तिपूर्ण मतदान सुनिश्चित गर्न निर्वाचन आयोगले व्यापक सुरक्षा व्यवस्था गरेको छ। नन्दीग्राममा केन्द्रिय अर्धसैनिक बलका ३७ कम्पनी र रेजीनगरमा ३४ कम्पनी तैनाथ गरिएको छ। मतदान शुरु हुनुभन्दा केही घण्टाअघि आयोगले नन्दीग्राम थानाका प्रभारी अजय कुमार मिश्रलाई पदबाट हटाएर नयाँ अधिकारीलाई जिम्मेवारी दिएको थियो।

आंकड़ा अनुसार, नन्दीग्राममा कूल २ लाख ६६ हजार ४१९ मतदाता छन्। यसमध्ये १ लाख ३८ हजार ९५५ पुरुष, १ लाख २७ हजार ४६३ महिला र एक जना तेस्रो लिङ्गी मतदाता छन्।

त्यस्तै, रेजीनगरमा कूल २ लाख ५६ हजार ५६४ मतदाता छन्। यसमध्ये १ लाख ३३ हजार ९२५ पुरुष, १ लाख २२ हजार ६१६ महिला र पाँच जना तेस्रो लिङ्गी मतदाता रहेका छन्।

पश्चिम बंगालका यी दुई विधानसभा क्षेत्र बाहेक मंगलवार तीन राज्यका कूल पाँच विधानसभा क्षेत्र र एक लोकसभा क्षेत्रमा पनि उपनिर्वाचन भइरहेको छ। यस अन्तर्गत तमिलनाडुका धारापुरम र मदुरान्तकम तथा पुडुचेरीको थट्टाञ्चावडी विधानसभा क्षेत्रमा मतदान भइरहेको छ। साथै, असमको नगाउँ लोकसभा क्षेत्रमा पनि कड़ा सुरक्षा व्यवस्थाबीच मतदान जारी छ। मतदान प्रक्रिया साँझ ६ बजीसम्म चल्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande