असमको नगाउँ लोकसभा उपनिर्वाचनका लागि कडा सुरक्षाबीच मतदान शुरु
असमः नगांव लोक सभा उप चुनाव के लिए सुरक्षा मैं तैनात सुरक्षा कर्मियों का दृश्य। फोटो इंटरनेट मीडिया


नगाउँ (असम), ०६ अक्टोबर (हि.स.)। नगाउँ लोकसभा निर्वाचन क्षेत्रको उपनिर्वाचनका लागि मंगलबार बिहान ७ बजीदेखि कडा सुरक्षा व्यवस्थाबीच मतदान शुरु भएको छ। नगाउँ र मोरीगाउँ जिल्ला प्रशासनले यसको पुष्टि गरेका छन्। मतदान साँझ ५ बजीसम्म जारी रहनेछ। यस निर्वाचनमा कुल १९ लाख २ हजार ९ मतदाताले १५ जना उम्मेदवारको राजनीतिक भविष्यको फैसला गर्नेछन्।

प्रशासनले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ। कुनै पनि अप्रिय घटना हुन नदिन आवश्यक सबै प्रबन्ध मिलाइएको जनाइएको छ। उपनिर्वाचनमा मुख्य राजनीतिक प्रतिस्पर्धा भारतीय जनता पार्टी (भाजपा), कांग्रेस र एआईयूडीएफबीच हुने देखिएको छ।

कुल मतदातामध्ये ९ लाख ५८ हजार ५९५ पुरुष, ९ लाख ४३ हजार ३६४ महिला तथा ५० जना तेस्रो लिङ्गी मतदाता रहेका छन्। निर्वाचन क्षेत्रमा कुल २,११२ मतदान केन्द्र स्थापना गरिएका छन्, जसमा पाँच सहायक मतदान केन्द्र पनि समावेश छन्। तीमध्ये पाँच आदर्श मतदान केन्द्र तथा ३३५ महिला-व्यवस्थापित मतदान केन्द्र रहेका छन्।

मतदान प्रक्रिया व्यवस्थित रूपमा सम्पन्न गराउन ९,६६४ जना मतदानकर्मी खटाइएको छ। आवश्यक निर्वाचन सामग्रीसहित सबै मतदानकर्मी आ-आफ्ना केन्द्रमा पुगिसकेका छन्।

असमका मुख्य निर्वाचन अधिकारी अनुराग गोयलको नेतृत्वमा दुवै जिल्लामा कानुन-व्यवस्था, आचारसंहिताको पालना तथा निर्वाचन तयारीको समीक्षा गरिएको छ। निर्वाचनको निगरानीका लागि ८६ जना माइक्रो अब्जर्भर नियुक्त गरिएका छन्। यसका अतिरिक्त ६९ फ्लाइङ स्क्वाड र ६९ स्थिर निगरानी टोली पनि सक्रिय रहेका छन्।

८५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा मतदाता सूचीमा चिन्हित अपाङ्गता भएका मतदाताका लागि घरबाटै हुलाक मतपत्रमार्फत मतदान गर्ने प्रक्रिया जनप्रतिनिधित्व ऐन, १९५१ को धारा ६०(सी) अन्तर्गत यसअघि नै सम्पन्न गरिएको छ।

निर्वाचनको प्रभावकारी निगरानीका लागि सबै मतदान केन्द्रमा वेबकास्टिङको व्यवस्था गरिएको छ। मुख्य निर्वाचन अधिकारी अनुराग गोयलले सबै मतदातालाई निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक मताधिकार प्रयोग गर्न आग्रह गरेका छन्। मतगणना अक्टोबर ९ मा गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande