प्रधानमन्त्री मोदीले सुभाषितमार्फत श्रेष्ठ मानिसका गुणहरू बताए
प्रधानमंत्री नरेन्द्र मोदी की एक्स पोस्ट।


नयाँ दिल्ली, ०६ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान सधैंझैँ सामाजिक सञ्जाल एक्समार्फत एक महत्वपूर्ण सुभाषित साझा गरेका छन्। उनले सुभाषितका रूपमा यो श्लोक उद्धृत गरेका छन्-

''ज्ञानवांश्च तथा वाग्मी कर्मस्वपि च निष्ठितः। एवं युक्तोऽपि न श्रेयान् यदि शीलविवर्जितः॥''

प्रधानमन्त्रीले यस श्लोकमार्फत मानिसलाई वास्तवमै श्रेष्ठ बनाउने गुणहरूको चर्चा गरेका छन्।

प्रधानमन्त्रीद्वारा साझा गरिएको यो श्लोक प्राचीन ग्रन्थ समराङ्गणसूत्रधारबाट लिइएको हो। समराङ्गणसूत्रधार वास्तुशास्त्र तथा वास्तुकलासम्बन्धी एक प्रसिद्ध ग्रन्थ हो। प्रधानमन्त्री मोदीले आफ्नो एक्स पोस्टमा यसको अर्थ यसरी उल्लेख गरेका छन्- “जो व्यक्ति ज्ञानवान्, वाक्पटु र कर्ममा दक्ष हुनुका साथै शील र सदाचारयुक्त हुन्छ, त्यही व्यक्ति वास्तवमा संसारमा श्रेष्ठ कहलाउँछ।”

संस्कृत भाषामा रचित समराङ्गणसूत्रधारको रचना धारका प्रसिद्ध परमार राजा भोज (भोजदेव) ले ११औँ शताब्दीमा गरेका थिए। यस ग्रन्थमा भवन निर्माण, नगर योजना, दुर्ग (किल्ला) निर्माण, मूर्तिकला तथा विभिन्न प्रकारका यन्त्र र विमान निर्माणका सिद्धान्तहरूको समेत विस्तृत वर्णन पाइन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande