
कोलकाता, ०8 अक्टोबर (हि.स.)। पश्चिम बङ्गालको भ्रष्टाचार निवारण शाखा (एसीबी) ले भ्रष्टाचारको एउटा मामिलामा हुगली जिल्ला अधिनस्थ चुन्चुराको बड़ाबजारस्थित पक्रा परेका अभियुक्तको निवासमा छापामारी गऱ्यो। गत 6 र 7अक्टोबरमा सञ्चालित यस खोजी अभियानमा आरोपी र उसको परिवारका सदस्यहरूको वित्तीय परिसम्पत्ति एवं लगानीसँग सम्बन्धित 73 वटा आपत्तिजनक दस्तावेज सहित अन्य वस्तुहरू जफत गरियो।
प्रारम्भिक जाँच अनि जफत गरिएका कागज-पत्रहरूको अनुसन्धानमा लगभग 01 करोड 32 लाख रुपियाँको सम्पत्ति तथा लगानी रहेको खुलासा भएको छ। अनुसन्धानबाट यो सम्पत्तिको ठूलो भाग पछिल्लो पाँच वर्षभित्रमा आर्जन गरिएको खुलासा भएको छ। एसीबीले वित्तीय कागज-पत्रहरूको विस्तृत जाँच गरिरहेको छ। यस विषयमा अग्रिम कारबाही भइरहेको छ।
एसीबी अनुसार यो कारबाही भ्रष्टाचार निवारण अधिनियम 1988 (2018- मा संशोधित)- को धारा 7 अन्तर्गत दर्ता एसीबी थाना केस नम्बर. 28/2026 को सम्बन्धमा गरिएको हो।
एसीबीले सर्वसाधारण मानिसहरूसित अपील गरेको छ, यदि कुनै सरकारी कर्मचारीले घूस मागेको खण्डमा तुरुन्तै एसीबीलाई सूचित गरियोस्। सिकायकर्ताको नाम र अन्य विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछ।
एसीबीले उजुरीको लागि फोन नम्बर 033-22625145 र ह्वाट्सएप नम्बर 9836233891 जारी गरेको छ। नागरिकहरूको सुविधाका लागि सरकारी कार्यालय एवं प्रमुख सार्वजनिक स्थलहरूमा पनि एसीबीको क्युआर कोड जडान गरिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा