सेनाका जवानहरूले मेन्ढरमा नियन्त्रण रेखा नजिकै एउटा ल्याण्डमाइनको पत्ताो लगाएर नष्ट गरिदिए
सेनाका जवानहरूले मेन्ढरमा नियन्त्रण रेखा नजिकै एउटा ल्याण्डमाइनको पत्ताो लगाएर नष्ट गरिदिए


पुँछ, ०8 अक्टोबर (हि.स.)। जम्मू-कश्मीरको पुँछ जिल्लाको मेन्ढर उपडिभीजनमा बिहीवार नियन्त्रण रेखाको छेउमा सेनाका सैनिकहरूले एउटा बारूदी सुरङ्ग (ल्याण्डमाइन) को पत्तो लगाएर नष्ट गरिदिए।

जानकारी अनुसार, बालाकोट अग्रिम क्षेत्रमा नियमित गस्तीको क्रममा बारूदी सुरूङ्ग भेटियो। त्यसपछि बम निरोधक टोलीले त्यसलाई नष्ट गरिदियो।

घुसपैठ रोधी प्रणाली अन्तर्गत अग्रिम क्षेत्रहरूमा ल्याण्ड माइनहरू राखिएको छ जुन कहिले-काहीँ वर्षाको पानीमा बग्छ र पछि कुनै पनि अप्रिय घटनादेखि बच्नको लागि त्यसलाई खोजेर नष्ट गरिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande