बागपतः पसलमा भयानक आगलागीको कारण दुईवटा सिलिण्डर बिस्फोट, महिला र बालिकाको मृत्यु, धेरै जना घाइते
धटना स्थल


बागपत, 08 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको बागपत जिल्ला अन्तर्गत खेकड़ा शहरको बजार चौकी क्षेत्रमा बिहीवार बिहान एउटा पसलमा डरलाग्दो आगो लाग्यो। आगोले क्षणभरमै पसलसित टाँसिएको घरलाई आफ्नो चपेटमा लियो। यसबीच दुईवटा ग्यास सिलिण्डर विस्फोट भएर आगो झन् उग्र भयो। दुर्घटनामा एकजना महिला र पाँच वर्षीया बालिकाको मृत्यु भयो भने अन्य धेरै जना जलेर घाइतेका भए। विस्फोटको भयानक आवाजले सम्पूर्ण बजारमा आतङ्क फैलियो।

प्रत्यक्षदर्शीहरू अनुसार व्यापारी प्रदीप जैनको पसलमा बिहान अचानक आगो लाग्यो। हेर्दा-हेर्दै आगो ह्वार-ह्वार बल्नथाल्यो जसले पसलसित गाँसिएको घरलाई आफ्नो चपेटमा लियो। आगोको प्रभावले गर्दा ग्यास सिलिण्डरहरूमा पनि आगो लाग्यो जसपश्चात भयानक विस्फोट भयो। आगो र विस्फोटले वरपरका मानिसहरू पनि भयभित भए।

आगलागीमा प्रदीप जैनका छोरा अङ्कुर जैन सहित धेरै जना मानिसहरू घाइते भएको बताइएको छ। बिन्दु प्रसाद जैन सहित दुई जना महिला र दुई जना बाल-बालिका घरभित्रै फसे। सूचना पाए लगत्तै पुलिस र दमकल विभागको टीम घटनास्थलमा पुग्यो। पुलिस र स्थानीय मानिसहरूलेहरूले राहत एवं उद्धार अभियान सञ्चालन गरी घरभित्र फसेका मानिसहरूलाई बाहिर निकाले।

दमकलकर्मीले कड़ा परिश्रमगरेर आगोलाई नियन्त्रण गरे। घाइतेहरूलाई उपचारको लागि अस्पतालमा पठाइएको छ। घटनापछि घटनास्थलमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भए।

सीओ रोहन चौरासियाले बताए, दुर्घटनामा 38 वर्षीया स्वाति जैन र पाँच वर्षीया अन्या जैनको मृत्यु भयो । पुलिस अनि प्रशासनका टीमहरू घटनास्थलमै उपस्थित छन्। आगोलाई नियन्त्रणमा लिइएको छ। आगलागीको वास्तविक कारण पत्तो लगाउन अनुसन्धान भइरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande