छात्रा सुरक्षामा लापरवाहीलाई सहन गरिने छैनः रेखा गुप्ता
मुख्यमंत्री रेखा गुप्ता बुधवार देर रात आर्ट्स फैकल्टी के बाहर छात्राओं की चिंताओं को सीधते हुए


नयाँ दिल्ली, ०8 अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले दिल्ली विश्वविद्यालय क्याम्पसमा अँध्यारो ठाउँ, प्रकाशको अभाव, भत्किएको फुटपाथ एवं फोहोरको समस्यालाई चाँडै समाधान गर्ने निर्देशन दिएकी छन्। उनले भनिन्, छात्राको सुरक्षामा लापरवाहीलाई सहन गरिनेछैन।

मुख्यमन्त्रीले गए बुधवार राती दिल्ली विश्वविद्यालय क्याम्पसको भ्रमण गरिन्। यस अवधि उनले र कला सङ्काय बाहिर छात्राहरूसित भेट गरी उनीहरूको चिन्तालाई प्रत्यक्ष रूपमा सुनिन्। मुख्यमन्त्रीले बतािन्, निरीक्षण गर्ने क्रममा धेरै वटा समस्याहरू देखियो जस्तै, अँध्यारो ठाउँहरू, स्ट्रीट लाइटको अभाव, भत्किएको फुटपाथ, सीसीटीभी कभरेजको अभाव तथा फोहोरको थुप्रो। अधिकारीहरूलाई निर्देश दिइएको छ, उनीहरूले अलिकति पनि ढिलो नगरी हरेक समस्याको समाधान गरून् अनि यसको कार्यान्वयनमा नजिकबाट निगरानी गरियोस्। उनले भनिन्, छात्राहरूको सुरक्षा एवं सुरक्षासित सम्बन्धित कुनै पनि सम्झौता गरिनेछैन। कुनै पनि किसमको लापरवाहीलाई सहन गरिनेछैन।

उल्लेख्य, उपराज्यपाल तरनजित सिंह सन्धूले गत सोमवार विश्वविद्यालयका उपकुलपतिहरू, दिल्ली पुलिस, दिल्ली लोक निर्माण विभाग, दिल्ली नगर निगम एवं यातायात विभागका अधिकारीहरूसँग छात्रा सुरक्षाको सम्बन्धमा समीक्षा बैठक गरेका थिए। उनले क्याम्पस वरिपरी पुलिस गस्ती बढाउन, अँध्यारो ठाउँहरू तत्काल हटाउन, सीसीटीभी क्यामराहरू लगायत छात्राहरूको लागि लास्ट-माइल ट्रान्सपोर्ट कनेक्टिभिटीमा सुधार ल्याउने निर्देशन दिएका छन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande