दुर्गापुरमा कङ्ग्रेसले संविधानलाई हातमा बोकेर विरोध प्रदर्शन गऱ्यो
विरोध प्रदर्शन करते कांग्रेसी नेता


दुर्गापुर, 08 अक्टोबर (हि.स.)। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै कङ्ग्रेसले बिहीवार दुर्गापुरको सिटी सेन्टर क्षेत्रमा विरोध प्रदर्शन गऱ्यो। कङ्ग्रेसका नेता, कार्यकर्ता एवं समर्थकहरू हातमा संविधानका प्रतिहरू बोकेर विरोध मार्चमा सामेल भए। मार्चको कारणले सिटी सेन्टर क्षेत्रामा राजनीतिक खैलाबैला देखियो ।

कङ्ग्रेस नेताहरूले आरोप लगाए, देशको लोकतान्त्रिक व्यवस्थाको महत्त्वपूर्ण स्तम्भ चुनाउ प्रक्रियामाथि निरन्तर प्रश्न उठिरहेको छ। उनीहरूले दिल्लीमा संविधान संरक्षणको माग गर्दै विपक्षी दलहरूले गरेको आन्दोलनको क्रममा पुलिसको हस्तक्षेप अनि आन्दोलनकारीहरू लाई पक्राउ गरेको आरोप पनि लगाए।

कङ्ग्रेसका जिल्ला अध्यक्ष हरजित सिंहको भनाइ छ, लोकतान्त्रिक तरिकाले विरोध गर्नु हरेक नागरिकको अधिकार हुँदाहुँदै पनि विपक्षीको आवाजलाई दबाउने प्रयास गरिरहेको छ। यसको विरोधमा देशव्यापी आन्दोलनसँगै दुर्गापुरमा पनि कार्यक्रम आयोजना गरिएको हो।

विरोध प्रदर्शन अवधि कङ्ग्रेस नेताहरूले निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाए। मतदाता सूचीबाट योग्य मतदाताहरूको नाम हटाइएको कारण केही मानिसहरू आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित भएको आरोप समेत उनीहरूले लगाए। कङ्ग्रेसले यस सम्पूर्ण मामिलाको जिम्मेवारी निर्वाचन आयोगमाथि तय गर्ने माग गर्दै मुख्य चुनाउ आयुक्तको राजीनामाको मागलाई दोहोऱ्यायो। यस अवसरमा पूर्व जिल्ला अध्यक्ष देवेश चक्रवर्ती सहित अन्य कार्यकर्ताहरू पनि उपस्थित थिए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande