राज्यपाल माथुरले राज्य सूचना आयुक्त तिलक गजमेरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए
शपथ ग्रहण समारोह


गान्तोक, 08 अक्टोबर (हि.स.)। लोकभवनमा बिहीवार कार्मिक विभागको आयोजनामा राज्य सूचना आयुक्तको शपथ ग्रहण समारोह आयोजना गरिएको छ। यस समारोहमा राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए।

गृह विभागका सचिव तेञ्जिङ टी काल्योनद्वारा नियुक्तिसम्बन्धी सूचना वाचन गरिएपछि राज्यपाल ओम प्रकाश माथुरले राज्य सूचना आयुक्त तिलक गजमेरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए।

कार्यक्रमको शुरुआतमा कार्मिक विभागकी विशेष सचिव थिन्ले पेमा चाङ्कापाले स्वागत सम्बोधन राखेकी थिइन्।

आजको शपथ ग्रहण समारोहमा मुख्य सचिव आर. तेलाङ, आयुक्त तथा सचिव जितेन्द्रसिंह राजे, कार्मिक विभागकी सचिव नोर्जिङ छिरिङ शेङ्गा, राज्य सूचना आयोगकी सचिव ज्योत्स्ना मेरी कार्थकका साथै राज्य सूचना आयोग, कार्मिक विभाग, गृह विभागका पदाधिकारी र अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

अर्कोतिर, मुख्यमन्त्रीले राज्य सूचना आयुक्तमा नियुक्त भएकोमा तथा आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेकोमा तिलक गजमेरलाई हार्दिक बधाई ज्ञापन गरेका छन्।

मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पोस्टमा लेखेका छन्, “यस महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै गर्दा म उनको सफल कार्यकालको कामना गर्दछु। उनको अनुभव र प्रतिबद्धताले राज्यमा पारदर्शिता, जवाफदेहिता र नागरिकको सूचनाको हकलाई अझ सुदृढ़ बनाउनेछ भन्ने विश्वास लिएको छु। मुख्यमन्त्रीले सिक्किमका जनताको सेवामा उनको कार्यकाल सफल र अर्थपूर्ण रहोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande