
बिलासपुर, ०8 अक्टोबर (हि.स.)। कोटा क्षेत्रमा वज्रपातका दुई वटा छुट्टा-छुट्टै घटनाहरूमा तीन जना मानिसहरूको मृत्यु भएको छ। कोटा पुलिसले बिहीवार पोस्टमार्टमपछि शवहरूलाई परिवारलाई हस्तान्तरण गरेको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
जानकारी अनुसार लखोदना गाउँका बासिन्दा मन्ना यादव र नवाडिह बेलगहनाका बासिन्दा कुञ्जराम यादव दुवैको लखोदनामा विवाह भएको थियो भने उनीहरूको सम्बन्ध साढ़ु दाज्यु-भाइको रहेको थियो। गए बुधवार साँझ उनीहरू खेतमा गएँका गएका थिए। साँझ 6 बजे अचानक भारी वर्षा भयो, यसै अवधि उनीहरूमाथि वज्रपात भयो। दुवैलाई गम्भीर अवस्थामा अस्पताल लगियो जहाँ जाँच गरेपछि डाक्टरले उनीहरूलाई मृत घोषित गरिदिए।
दोस्रो घटना कोटा क्षेत्रको मानपुरमा भएको हो। त्यहाँ बस्ने जागेश्वर जगत गए बुधवार साँझ आफ्नो खेतमा कुलो बाँध्न गएका थिए। साँझमा अचानक हुरीसितै वर्षा हुन थाल्यो। वर्षाबाट बच्न जागेश्वर खेत नजिकैको रूखमुनि गए। यसै अवधि रूखमा चट्याङ्ग पऱ्यो जसको चपेटमा परी जागेश्वरलाई गम्भीर रूपमा घाइते भए। उनलाई हतार-हतार अस्पतालमा लगियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए। दुवै मामिलामा पुलिसले बिहीवार पोस्टमार्टमपछि शवहरू आफन्तलाई हस्तान्तरण गरी अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा