
कोलकाता, ०9 अक्टोबर हि.स.)। पुलिसले वरिष्ठ अधिवक्ता एवं पूर्व माकपा राज्यसभा सांसद विकास रञ्जन भट्टाचार्यको घरमा भएको हमलाको मामिलामा एकजना युवकलाई पक्राउ गरेको छ। आरोपीलाई शुक्रवार बिहानै गरिया क्षेत्रबाट पक्राउ गरिएको हो। आरोपीविरुद्ध भारतीय दण्ड संहिताको विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
पक्राउ परेका युवकको पहिचान बप्पा गुछेतको रूपमा भएको छ। 29 वर्षीय अभियुक्त गड़ियाको बोयालिया क्षेत्रका बासिन्दा हुन्। पुलिस सूत्र अनुसार उसलाई शुक्रवार बिहान 4 बजे पक्राउ गरियो। उविरूद्घ नियोजित रूपमा सम्पत्तिलाई क्षति पुऱ्याएको, अरूको जीवनमा बाधा पुऱ्याएको, महिलालाई दुर्व्यवहार गरेको, अपमानजनक व्यवहारबाट क्षेत्रको शान्ति भङ्ग गरेको अनि धम्की दिएको जस्ता आरोपहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यसबाहेक, अपराधको प्रमाण नष्ट गरेको, ठगी र कागज-पत्रहरूमा जालझेलसँग सम्बन्धित धाराहरू पनि पछि थपिएको छ।
राज्य सरकारले शुक्रवार कलकत्ता उच्च न्यायालयलाई पक्राउ गरिएको जानकारी दियो। पुलिसले यस घटनामा संलग्न अन्यलाई खोजिरहेको छ।
उल्लेखनीय कुरा के छ भने विकास रञ्जन भट्टाचार्यको घरमा हमला भएको घटना सार्वजनिक भएको थियो। आरोप छ, उनको घरमा रक्सीका बोतलहरू फालेर झ्यालको शिशा फुटाइदियो अनि अश्लील भाषा प्रयोग गरी गाली गरियो। उक्त घटनापछि अधिवक्ता समुदायमा चिन्ता बढाएको थियो।
वरिष्ठ अधिवक्ता विकास रञ्जन भट्टाचार्यले उक्त घटनाका लागि कथित हिन्दुवादी तत्वहरूलाई जिम्मेवार ठहराएका थिए। उनले भनेका थिए, बिहान लगभग 5 बजेतिर एकजना मानिसले उनको घर अगाडि आएर बोतल फालिरहेको थियो। उसित अन्य पनि उपस्थित थिए। यस अवधि उनको घरमा काम गर्ने महिला भाग्यले बचिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा