जन्तर-मन्तरमा सीजेपीलाई प्रदर्शन गर्ने अनुमति दिइएन, दिल्ली पुलिसद्वारा निषेधाज्ञा लागू
दिल्ली पुलिस


नयाँ दिल्ली, ०9 अक्टोबर (हि.स.): दिल्ली पुलिसले जन्तर-मन्तरमा ककरोच जनता पार्टी (सीजेपी) को प्रस्तावित प्रदर्शनलाई अनुमति दिन अस्वीकार गरेको छ। निर्धारित समय-सीमाको पालन नगरेको तथा पछिल्लो विरोध प्रदर्शनको समयमा नियमहरूको उल्लङ्घन गरिएको कारणहरू यसको पछाड़ि रहेको पुलिसले बताएको छ। यसैबीच क्षेत्रमा शान्ति र कानुन व्यवस्थालाई कायम राख्नको लागि भारतीय नागरिक सुरक्षा संहिता (बिएनएसएस) को धारा 163 अन्तर्गत निषेधाज्ञा लागू गरिएको छ।

नयाँ दिल्ली रेञ्जकी संयुक्त पुलिस कमिश्नर नूपुर प्रसादले बताए अनुसार दिल्ली पुलिसलाई जन्तर-मन्तरमा प्रदर्शन आयोजना गर्ने अनुमतिको लागिगत 7 अक्टोबरमा आवेदन प्राप्त भएको थियो। प्रस्तावित प्रदर्शनको मितिभन्दा तीन दिनअघि मात्र आवेदन गरिएको कारणले निर्धारित प्रक्रियाको पालन हुन सकेन। पुलिसको नियम अनुसार प्रदर्शनका लागि न्यूनतम पनि 10 दिनअघि अनुमति लिन आवश्यक छ।

पुलिसले अनुमति नदिनुको फसेला पछाड़ि ड़िसीजेपीको पछिल्लो प्रदर्शन अवधि नियमहरू उल्लङ्घन गरेकोलाई पनि एउटा प्रमुख कारण रहेको बताएको छ। यद्यपि, पुलिसद्वारा उपलब्ध गराइएको जानकारीमा पछिल्लो प्रदर्शनको समयमा भएको उल्लङ्घनको प्रकृति र त्योसँग सम्बन्धित घटनाक्रमको विवरण दिइएको छैन।

जोइन्ट पुलिस कमिश्नर नूपुर प्रसादले बताइन्, जन्तर-मन्तर क्षेत्रमा सम्भावित अशान्ति र कानुन व्यवस्था बिग्रने आशङ्कालाई ध्यानमा राख्दै बीएनएसएसको धारा 163 अन्तर्गत निषेधाज्ञा लागू गरिएको छ। यस प्रावधान अन्तर्गत सक्षम अधिकारीले सम्भावित गड़बड़ी वा सार्वजनिक शान्ति भङ्ग हुनसक्ने आशङ्का भए प्रतिबन्धात्मक आदेश जारी गर्न सक्नेछन्।

पुलिसको भनाइ छ, यस कदमको उद्देश्य क्षेत्रमा शान्ति कायम राख्नु अनि कुनै पनि अप्रिय घटनालाई रोक्नु हो। यद्यपि निषेधाज्ञा आदेश अन्तर्गत लागू हुने विशिष्ट प्रतिबन्धहरू एवं त्यो प्रभावकारी रहने अवधिको बारेमा विस्तृत जानकारी गराइएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande