पूजा अवधिभरि इतवारी-शालिमार औ सम्बलपुर-सान्तरागाछीबीच स्पेशल ट्रेन सञ्चालन गरिने
दक्षिण पूर्व मध्य रेलवे


कोलकाता, ०9 अक्टोबर (हि.स.)। चाडपर्वको समयमा रेल यात्रुहरूको अतिरिक्त भीड़लाई ध्यानमा राख्दै रेलवेले दुई वटा मार्गहरूमा पूजा विशेष रेलहरू सञ्चालन गर्ने निर्णय गरेको छ। यसमा एनएससीबी इतवारी-शालिमार-एनएससीबी इतवारी अनि सम्बलपुर-सतरागाछी -सम्बलपुर विशेष रेलहरू समावेश छन्। यी रेलहरूको सञ्चालनद्वारा यात्रुहरूलाई आवागमन गर्नमा सहज हुनेछ।

शुक्रवार दिउँसो रेलवेद्वारा जारी गरेको प्रेस विज्ञप्ति अनुसार 08861 एनएससीबी इतवारी-शालिमार विशेष रेल अक्टोबर 15 देखि 29 सम्म प्रत्येक बिहीबार 17.10 बजे इतवारीबाट प्रस्थान गर्नेछ र भोलिपल्ट 14 बजे शालिमार पुग्नेछ। फर्कने दिशामा 08862 शालिमार-एनएससीबी इटवारी विशेष रेल 16 अक्टोबरदेखि 30 अक्टोबरसम्म प्रत्येक शुक्रवार 18 बजे शालिमारबाट प्रस्थान गर्नेछ र भोलिपल्ट 15ः35 बजे एनएससीबी इतवारीमा आइपुग्नेछ। दक्षिण पूर्वी रेलवे क्षेत्रमा यो रेल झारसुगुडा, राउरकेला, चक्रधरपुर, टाटानगर, खड़गपुर र सन्तरागाछी स्टेशनमा रोकिनेछ।

त्यसैगरी, 08303 सम्बलपुर-सान्तरागाछी विशेष रेल 14 र 21 अक्टोबरमा 16ः15 बजे सम्बलपुरबाट प्रस्थान गर्नेछ र भोलिपल्ट 2ः00 बजे सन्तरागाछीमा आइपुग्नेछ। फर्कने दिशामा, 08304 सन्तरागाछी-सम्बलपुर विशेष रेल 15 र 22 अक्टोबरमा 19ः05 बजे सन्तरागाछीबाट प्रस्थान गर्नेछ र भोलिपल्ट बिहान 7ः45 बजे सम्बलपुर आइपुग्नेछ।

यो रेल दक्षिण पूर्वी रेलवे क्षेत्रका झारसुगुडा, बागडीही, बामरा, गरपोस, राजगञ्जपुर, राउरकेला, बिसरा, मनोहरपुर, चक्रधरपुर, राजखरसवाँ, टाटानगर, झारग्राम, खड़गपुर, पाँसकुड़ा, बागनान र उलुबेरिया स्टेशनमा रोकिनेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande