
कुलगाम, ११ नोभेम्बर (हि.स.)। जम्मू-कश्मीरको कुलगाम जिल्लामा बुधबार दिउँसो सुरक्षाकर्मीमाथि अज्ञात मोटरसाइकल सवार आक्रमणकारीहरूले गोलीबारी गरेका छन्। घटनामा केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) का दुई जवान घाइते भएका छन्।
सीआरपीएफका अधिकारीहरूका अनुसार, दिउँसो करिब २ः१५ बजी एक जाँच चौकीमा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमणकारीहरूले गोली चलाएका थिए। गोलीबारीपछि उनीहरू घटनास्थलबाट फरार भए।
घाइते दुवै जवानलाई उपचारका लागि अनन्तनाग जिल्लास्थित एक अस्पतालमा भर्ना गरिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
हिन्दुस्थान समाचार / बिशाल