(अपडेट) शीतकालका लागि बन्द भयो केदारनाथ धामको कपाट, साढे १९ लाख श्रद्धालुले गरे दर्शन
बाबा केदार के कपाट बंद होने का चित्र।


भगवान केदारनाथ की चल विग्रह पंचमुखी डोली


शीतकाल के लिए बाबा केदार के कपाट बंद और मौके पर मौजूद श्रद्धालु।


- पाँच हजारभन्दा बढी श्रद्धालु मन्दिर बन्द गर्ने समारोहका साक्षी बने, पञ्चमुखी डोली रामपुर प्रस्थान

केदारनाथ/रुद्रप्रयाग, ११ नोभेम्बर (हि.स.)। विश्वप्रसिद्ध एघारौँ ज्योतिर्लिङ्ग श्री केदारनाथ धामको मन्दिर बुधबार भाइटीकाको अवसरमा बिहान ८ः३० बजी शीतकालका लागि बन्द गरिएको छ। वैदिक मन्त्रोच्चारण तथा धार्मिक परम्पराअनुसार सम्पन्न मन्दिर बन्द गर्ने प्रक्रियाका साक्षी श्री बदरीनाथ-केदारनाथ मन्दिर समितिका (बीकेटीसी) अध्यक्ष हेमन्त द्विवेदीसहित पाँच हजारभन्दा बढी श्रद्धालु बने। मन्दिर बन्द भएपछि भगवान् केदारनाथको चल विग्रह पञ्चमुखी डोली सैनिक ब्याण्डको भक्तिमय धुन र ‘जय श्री केदार’ को उद्घोषका बीच पहिलो विश्रामस्थल रामपुरका लागि प्रस्थान गरेको छ। यस वर्षको तीर्थयात्राका क्रममा कीर्तिमानी साढे १९ लाख श्रद्धालुले बाबा केदारको दर्शन गरेका छन्।

भाइटीकाका दिन बुधबार बिहान ३ः३० बजी श्रद्धालुहरूको दर्शनका लागि मन्दिर खोलिएको थियो। बिहान ५ बजीदेखि मन्दिर बन्द गर्ने प्रक्रिया शुरु भएको थियो। मुख्य पुजारी टी. गंगाधर लिङ्गले धर्माधिकारी तथा वेदपाठीहरूको उपस्थितिमा स्वयंभू शिवलिङ्गलाई समाधि स्वरूप दिएका थिए। स्थानीय फूल, ब्रह्मकमल तथा भस्मले शिवलिङ्गलाई ढाकेपछि गर्भगृहको ढोका बन्द गरिएको थियो।

त्यसपछि भगवानको पञ्चमुखी डोलीलाई सभामण्डपबाट बाहिर मन्दिर परिसरमा ल्याइएको थियो। यस क्रममा सम्पूर्ण परिसर ‘जय श्री केदार’ र ‘ॐ नमः शिवाय’ को उद्घोषले गुञ्जायमान बनेको थियो। बिहान ८ः३० बजी मुख्य मन्दिरको कपाट बन्द गरिएको थियो।

मन्दिर बन्द गर्ने अवसरमा मन्दिरलाई फूलहरूले सजाइएको थियो। श्रद्धालुहरूका लागि दाताहरू तथा भारत-तिब्बत सीमा प्रहरी (आईटीबीपी) का तर्फबाट भण्डाराको पनि आयोजना गरिएको थियो। पछिल्ला दिनहरूमा आसपासका पहाडहरूमा हिमपात भएपछि धाममा चिसो बढेको छ।

बीकेटीसीका सञ्चार प्रभारी डा. हरिश गौडले नोभेम्बर १२ मा डोली गुप्तकाशीस्थित विश्वनाथ मन्दिर पुग्ने जानकारी दिए। त्यसपछि नोभेम्बर १३ मा डोली शीतकालीन पूजास्थल श्री ओंकारेश्वर मन्दिर, उखीमठ पुग्नेछ, जहाँ शीतकालभरि भगवान् केदारनाथको पूजा-अर्चना गरिनेछ। उनले कपाट बन्द गर्ने प्रक्रियाअन्तर्गत नोभेम्बर ७ मै भगवान् केदारनाथका रक्षक भकुण्ट भैरवनाथको मन्दिर पनि शीतकालका लागि बन्द गरिएको जानकारी दिए।

मन्दिर बन्द गर्ने अवसरमा श्री बदरीनाथ-केदारनाथ मन्दिर समितिका अध्यक्ष हेमन्त द्विवेदीले तीर्थयात्रा सफलतापूर्वक सञ्चालन गर्न सहयोग पुर्याउने सबै विभाग, संस्था, हकहकदार, श्री केदार सभा तथा श्रद्धालुहरूप्रति आभार व्यक्त गरे।

उनले प्रधानमन्त्रीको श्री केदारनाथ धामप्रति विशेष लगाव रहेको उल्लेख गर्दै मुख्यमन्त्री पुष्कर सिंह धामी र पर्यटनमन्त्री सतपाल महाराजको निर्देशनमा यस वर्ष चारधाम यात्राले नयाँ कीर्तिमान कायम गरेको बताए। मन्दिर बन्द भएपछि शीतकालीन तीर्थयात्रालाई प्रोत्साहन गरिने पनि उनले जानकारी दिए।

यस अवसरमा बीकेटीसीका उपाध्यक्ष विजय कप्रवाण, जिल्लाधिकारी विशाल मिश्रा, समिति सदस्य महेन्द्र शर्मा, देवी प्रसाद देवली, नीलम पुरी, प्रह्लाद पुष्पवाण, डा. विनीत पोस्ती, केदार सभा अध्यक्ष राजकुमार तिवारी, मुख्य कार्यकारी अधिकारी सोहन सिंह राङ्गड, मुख्य प्रभारी अधिकारी विपिन तिवारी, मुख्य प्रशासनिक अधिकारी डीएस भुजवाणलगायत जिल्ला प्रशासन, प्रहरी, आईटीबीपी तथा एसडीआरएफका अधिकारी र जवानहरूको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande