दिल्लीमा वायु प्रदूषण गम्भीर, बिहानै विभिन्न स्थानमा वायु गुणस्तर सूचकाङ्क ४०० पार
दिल्ली के सूरत-ए-हाल पर इंटरनेट मीडिया में वायरल एआई जेनरेटेड इमेज।


नयाँ दिल्ली, १३ नोभेम्बर (हि.स.)। भारतको राष्ट्रिय राजधानी दिल्लीमा वायु प्रदूषणको समस्या थप गम्भीर बनेको छ। शुक्रबार बिहानै विभिन्न स्थानमा हावाको गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेपछि सर्वसाधारणलाई श्वासप्रश्वासमा समेत कठिनाइ भएको छ।

बिहान आनन्द विहारमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ४१४, अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) आसपास ४१७ तथा नेहरू स्टेडियम आसपास ३७४ मापन गरिएको छ।

प्रदूषणको यही अवस्था निरन्तर रहे दिल्लीको पर्यावरण ग्यास च्याम्बरमा परिणत हुन सक्ने चिन्ता व्यक्त गरिएको छ। सरकारले वायु प्रदूषण नियन्त्रणका लागि विभिन्न प्रयास गरिरहेको दाबी गरे पनि दीपावलीपछि दिल्ली-राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा बढ्दो प्रदूषण गम्भीर चिन्ताको विषय बनेको छ।

उल्लेखनीय छ, दीपावलीको भोलिपल्ट नोभेम्बर ९ मा दिल्लीको बिहान बाक्लो तुवाँलो र प्रदूषणको चादरले ढाकिएको थियो। त्यस दिन बिहान १० बजी राजधानीको एक्यूआई ३७२ मापन गरिएको थियो, जुन ‘अति खराब’ श्रेणीमा पर्दछ। साँझ ७ बजीसम्म यो घटेर करिब ३३३ पुगे पनि हावाको गुणस्तर निकै खराब नै रहेको थियो।

दिल्लीमा बढ्दो वायु प्रदूषणलाई लिएर राजनीतिक विवाद पनि चर्किएको छ। दिल्ली सरकारका मन्त्री कपिल मिश्राले पञ्जाबमा दीपावलीकै दिन पराल जलाउने घटनामा अचानक वृद्धि भएको भन्दै प्रश्न उठाएका छन्। उनका अनुसार पञ्जाबका केही किसानले दीपावली मनाउन परिवारसँग व्यस्त रहेका बेला आफ्ना खेतमा जानाजानी आगो लगाइएको भन्दै गुनासो गरेका छन्।

यता, आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले भने यी आरोपहरू अस्वीकार गरेका छन्। उनले पञ्जाबबाट दिल्लीसम्म धुवाँ आइपुग्न दुईदेखि तीन दिन लाग्न सक्ने बताउँदै दीपावलीको राति पञ्जाबमा जलाइएको परालको धुवाँ केही मिनेटमै दिल्ली पुग्न नसक्ने दाबी गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande