ओडिशामा ट्रकसँग ठोक्कियो पश्चिम बंगालका तीर्थयात्री सवार बस, धेरै घाइते
दुर्घटना सांकेतिक छवि


कोलकाता, १३ नोभेम्बर (हि.स.)। ओडिशाको जाजपुर जिल्लामा शुक्रबार बिहानै पश्चिम बंगालबाट पुरीतर्फ जाँदै गरेको तीर्थयात्री सवार बस सडक किनारमा रोकिराखेको ट्रकसँग ठोक्किँदा धेरै यात्रु घाइते भएका छन्। बसमा करिब ५५ जना तीर्थयात्री सवार थिए।

प्राप्त जानकारीअनुसार, पश्चिम बंगालका करिब ५५ जना यात्रुलाई लिएर बस भगवान् जगन्नाथको दर्शन गर्न पुरीतर्फ गइरहेको थियो। शुक्रबार बिहानै ओडिशाको जाजपुर जिल्लास्थित बडचना थाना क्षेत्रको सडक किनारमा रोकिराखेको ट्रकसँग बस ठोक्किएको हो। दुर्घटनापछि बसमा सवार यात्रुहरू निकै आत्तिएका थिए।

प्रारम्भिक जानकारीअनुसार, दुर्घटनामा धेरै यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। यद्यपि, घाइतेको वास्तविक सङ्ख्या र उनीहरूको अवस्थाबारे विस्तृत जानकारी आउन बाँकी छ। दुर्घटना कुन परिस्थितिमा भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

उल्लेखनीय छ, पुरी पश्चिम बंगालका बासिन्दाहरूको प्रमुख तीर्थस्थलमध्ये एक हो। राज्यका विभिन्न जिल्लाबाट हरेक वर्ष ठूलो सङ्ख्यामा श्रद्धालुहरू बसमार्फत भगवान् जगन्नाथको दर्शन गर्न पुरी पुग्ने गर्छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande