उत्तराखण्ड सडक दुर्घटनाप्रति राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
दुर्घटनाग्रस्त बस।


नयाँ दिल्ली, १७ नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार उत्तराखण्डको टिहरी गढवाल जिल्लामा भएको सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति मुर्मुले भनेकी छन्, “उत्तराखण्डको टिहरी गढवाल जिल्लामा भएको सडक दुर्घटनामा मानिसहरूको मृत्यु भएको खबर अत्यन्तै दुःखद छ। म मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु र सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”

प्रधानमन्त्री मोदीले पनि उत्तराखण्डको टिहरी गढवाल जिल्लामा भएको दुर्घटनामा जनधनको क्षति भएको खबरले आफूलाई गहिरो दुःख लागेको बताएका छन्। यस दुःखद घडीमा उनले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

उल्लेखनीय छ, टिहरी जिल्लामा आज बिहान करिब ४ः३० बजी भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो भने अन्य २६ जना घाइते भएका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande