भारतीय जलपोत सह्याद्रिले जापानी नौसेनासँग द्विपक्षीय समुद्री अभ्यास ‘जाइमेक्स’ मा लियो हिस्सा
भारतीय जहाज सह्याद्री जापानी नौसेना के साथ द्विपक्षीय समुद्री अभ्यास करते हुए


नयाँ दिल्ली, १७ नोभेम्बर (हि.स.)। भारतीय नौसेनाले जापान सामुद्रिक आत्मरक्षा बल (जेएमएसडीएफ) सँगको द्विपक्षीय समुद्री अभ्यास ‘जैमेक्स’मा सहभागिता जनाएको छ। यस अभ्यासले दुवै देशका नौसेनालाई समन्वित समुद्री गतिविधि सञ्चालन गर्ने तथा कार्यगत सहयोगलाई थप सुदृढ़ बनाउने अवसर प्रदान गरेको छ।

यस क्रममा भारतीय जलपोत सह्याद्रिले जापानी जलपोतसँग मिलेर विभिन्न समुद्री कार्यगत गतिविधिहरू सञ्चालन गर्यो। यसमा टेक्टिकल मैनूवर, सञ्चार अभ्यास तथा एकअर्काको जलपोतमा अवतरण अभ्यास समावेश थिए। यी गतिविधिहरूले दुवै नौसेनालाई समन्वित रूपमा सञ्चालन गर्ने अभ्यास गर्नुका साथै एकअर्काको कार्यप्रणाली र क्षमताबारे बुझाइ अभिवृद्धि गर्ने अवसर प्रदान गर्यो।

समुद्री अभ्यासमा संयुक्त रूपमा कार्य सञ्चालन गर्ने क्षमता सुदृढ़ बनाउने, कार्यगत समन्वय सुधार गर्ने तथा सहभागी एकाइहरूबीच पारस्परिक समझदारी अभिवृद्धि गर्ने विषयमा विशेष जोड दिइएको थियो। यस अभ्यासले व्यावसायिक अनुभव आदान-प्रदान गर्नुका साथै दुवै नौसेनाबीच पहिलेदेखि कायम सहयोगलाई थप मजबुत बनाउने अवसर समेत प्रदान गर्यो।

‘जैमेक्स’मा भारतीय जलपोत आईएनएस सह्याद्रिको सहभागिताले भारत-जापान समुद्री साझेदारीको बढ्दो गहिराइ तथा दुवै नौसेनाबीच निरन्तर भइरहेको सहकार्यलाई प्रतिबिम्बित गरेको छ। यस प्रकारका अभ्यासले पारस्परिक विश्वास सुदृढ़ बनाउन, कार्यगत ज्ञान अभिवृद्धि गर्न तथा समुद्री क्षेत्रमा सहयोगलाई अघि बढ़ाउन मद्दत पुर्याउँछन्।

यस अभ्यासले भारत-जापान समुद्री साझेदारी तथा समुद्री सहयोग, कार्यगत समन्वय र पारस्परिक समझदारीलाई सुदृढ़ बनाउने दुवै नौसेनाको साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। यसले सुरक्षित तथा स्थिर हिन्द-प्रशान्त क्षेत्र निर्माणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande