प्रधानमन्त्रीले मनिलास्थित खालसा दीवान गुरुद्वाराको भ्रमण गरे
प्रधानमंत्री नरेन्द्र मोदी के साथ अन्य लोग मौजूद।


नयाँ दिल्ली, १७ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार फिलिपिन्सको राजधानी मनिलास्थित ऐतिहासिक ‘खालसा दीवान गुरुद्वारा’ को भ्रमण गरेका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, “मनिलाको गुरुद्वारा खालसा दीवानमा आएर आफूलाई निकै धन्य महसुस गरिरहेको छु। यो फिलिपिन्सको सबैभन्दा पुरानो गुरुद्वारा हो। ‘खालसा दीवान गुरुद्वारा’ एक शताब्दीभन्दा लामो समयदेखि भारत र फिलिपिन्सबीचको जीवन्त सांस्कृतिक सम्बन्ध तथा जनस्तरको आपसी सम्पर्कको प्रतीक रहँदै आएको छ।”

उनले मनिलास्थित यस गुरुद्वाराको पुनर्विकासका लागि आयोजित शिलान्यास कार्यक्रमको नेतृत्वसमेत गरे।

उल्लेखनीय छ, प्रधानमन्त्री नरेन्द्र मोदी २३औँ आसियान-भारत शिखर सम्मेलन तथा २१औँ पूर्वी एसिया शिखर सम्मेलनमा सहभागी हुन सोमबार फिलिपिन्सको राजधानी मनिला पुगेका हुन्।

मनिला अन्तरराष्ट्रिय विमानस्थलमा फिलिपिन्सको सूचना तथा सञ्चार प्रविधि विभागका सचिव रोबर्ट जोसेफ ‘जय’ मोन्टेस डी क्लारोले उनको स्वागत गरेका थिए। यस अवसरमा भारतीय समुदायका सदस्यहरूले ‘वन्दे मातरम्’ को नारा लगाउँदै प्रधानमन्त्रीको स्वागत गरे। बालबालिकाहरूले संस्कृत मन्त्र उच्चारण गर्नुका साथै सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande