‘काशी तमिल सङ्गमम’ का लागि तमिलनाडुबाट वाराणसीसम्म सातवटा विशेष रेलगाडी सञ्चालन गरिने
‘काशी तमिल संगमम’ की फाइल फोटो


‘काशी तमिल संगमम’ की फाइल फोटो


- २५ नोभेम्बरदेखि ८ दिसम्बरसम्म विभिन्न मितिमा सञ्चालन हुने

- टिकट बुकिङ आज बिहान ८ बजीदेखि शुरु

चेन्नई, १७ नोभेम्बर (हि.स.)। ‘काशी तमिल सङ्गमम’ मा तमिलनाडुका नागरिकहरूको अधिकतम सहभागिता सुनिश्चित गर्न भारतीय रेलले तमिलनाडु र वाराणसीबीच सातवटा विशेष रेलगाडी सञ्चालन गर्ने व्यवस्था गरेको छ। यी रेलगाडी कन्याकुमारी, चेन्नई सेन्ट्रल र कोयम्बटुरबाट सञ्चालन गरिनेछन्। सहभागीहरूलाई सुरक्षित, आरामदायी र सुविधाजनक यात्रा उपलब्ध गराउनुका साथै तमिलभाषी क्षेत्र र काशीबीच शताब्दीयौँ पुरानो सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई अझ सुदृढ बनाउनु यस पहलको उद्देश्य रहेको छ।

दक्षिण रेलवेले यी विशेष रेलगाडीहरूको समयतालिका सार्वजनिक गरेको छ। यसअनुसार, कन्याकुमारीबाट २५ नोभेम्बर दिउँसो २ः३० बजी प्रस्थान गर्ने विशेष रेलगाडी भोलिपल्ट राति ८ बजी वाराणसी पुग्नेछ। फर्कने क्रममा उक्त रेलगाडी १ दिसम्बरमा वाराणसीबाट प्रस्थान गरी तेस्रो दिन बिहान ४ः४५ बजी कन्याकुमारी पुग्नेछ।

त्यसैगरी, चेन्नई सेन्ट्रलबाट २८ नोभेम्बर बिहान ४ः१५ बजी प्रस्थान गर्ने विशेष रेलगाडी भोलिपल्ट राति ८ बजे वाराणसी पुग्नेछ। फर्कने क्रममा ३ दिसम्बर राति ८ः३० बजी वाराणसीबाट प्रस्थान गरी भोलिपल्ट साँझ ४ः१५ बजी चेन्नई सेन्ट्रल पुग्नेछ।

कोयम्बटुरबाट २९ नोभेम्बर साँझ ६ बजे प्रस्थान गर्ने विशेष रेलगाडी भोलिपल्ट राति ८ बजी वाराणसी पुग्नेछ। फर्कने क्रममा ५ दिसम्बर राति १०ः३० बजी वाराणसीबाट प्रस्थान गरी दोस्रो दिन राति ११ः५५ बजी कोयम्बटुर पुग्नेछ।

चेन्नई सेन्ट्रलबाट २ दिसम्बर बिहान ४ः१५ बजी प्रस्थान गर्ने अर्को विशेष रेलगाडी भोलिपल्ट राति ८ बजी वाराणसी पुग्नेछ। फर्कने क्रममा ७ दिसम्बर राति १०ः३० बजी वाराणसीबाट प्रस्थान गरी भोलिपल्ट साँझ ४ः१५ बजी चेन्नई सेन्ट्रल पुग्नेछ।

कन्याकुमारीबाट ३ दिसम्बर दिउँसो २ः३० बजी प्रस्थान गर्ने विशेष रेलगाडी भोलिपल्ट राति ८ बजी वाराणसी पुग्नेछ। फर्कने क्रममा ९ दिसम्बर राति १०ः३० बजी वाराणसीबाट प्रस्थान गरी तेस्रो दिन बिहान ६ः३० बजी कन्याकुमारी पुग्नेछ।

कोयम्बटुरबाट ५ दिसम्बर साँझ ६ बजी प्रस्थान गर्ने विशेष रेलगाडी भोलिपल्ट राति ८ बजी वाराणसी पुग्नेछ। फर्कने क्रममा ११ दिसम्बर राति १०ः३० बजी वाराणसीबाट प्रस्थान गरी तेस्रो दिन बिहान १ बजी कोयम्बटुर पुग्नेछ।

यसका अतिरिक्त, चेन्नई सेन्ट्रलबाट ८ दिसम्बर बिहान ४ः१५ बजी प्रस्थान गर्ने विशेष रेलगाडी भोलिपल्ट राति ८ बजी वाराणसी पुग्नेछ। फर्कने क्रममा १३ दिसम्बर राति १०ः३० बजी वाराणसीबाट प्रस्थान गरी भोलिपल्ट साँझ ४ः१५ बजी चेन्नई सेन्ट्रल पुग्नेछ।

दक्षिण रेलवेका अनुसार, यी विशेष रेलगाडीहरूको टिकट बुकिङ आज अर्थात् १७ नोभेम्बर बिहान ८ बजीदेखि शुरु भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande