टिहरीमा यात्रुवाहक बस सडकदेखि १०० मिटर तल खस्यो, आठ जनाको मृत्यु, २६ घाइते
दुर्घटना ग्रस्त बस।


- हरिद्वारबाट चमोली जाँदै गरेको बस गूलर पुलनजिक बिहान ४ः३० बजी दुर्घटनाग्रस्त, एसडीआरएफले दुर्गम बाटो हुँदै घाइतेहरूलाई अस्पताल पुर्यायो

देहरादून, १७ नोभेम्बर (हि.स.)। उत्तराखण्डको टिहरी जिल्लामा मङ्गलवार बिहान भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने अन्य २६ जना घाइते भएका छन्। हरिद्वारबाट चमोलीतर्फ जाँदै गरेको यात्रुले भरिएको बस गूलर बजारनजिक अनियन्त्रित भई गूलर पुलबाट करिब १०० मिटर तल खसेको थियो। दुर्घटनाको सूचना प्राप्त हुनासाथ एसडीआरएफ, पुलिस तथा स्थानीय बासिन्दाले संयुक्त रूपमा उद्धार तथा राहत अभियान सञ्चालन गरेका थिए।

एसडीआरएफका अनुसार, दुर्घटना मङ्गलवार बिहान करिब ४ः३० बजी भएको हो। बस हरिद्वारबाट चमोलीतर्फ जाँदै थियो। दुर्घटनाको सूचना प्राप्त हुनासाथ ब्यासीस्थित एसडीआरएफ चौकीबाट उपनिरीक्षक सावर सिंहको नेतृत्वमा टोली घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको थियो।

दुर्घटनाको गम्भीरतालाई ध्यानमा राख्दै एसडीआरएफका सेनानायक अर्पण यादववंशीको निर्देशनमा ढालवाला चौकी तथा वाहिनी मुख्यालयबाट थप उद्धार टोलीहरू पनि घटनास्थलमा पठाइएको थियो। निरीक्षक कविन्द्र सजवाणको नेतृत्वमा उद्धार टोलीले दुर्गम भूभाग र प्रतिकूल परिस्थितिका बीच अभियान सञ्चालन गरेको थियो।

एसडीआरएफका जवानहरूले निकै कठिन प्रयासपछि बसमा फसेका यात्रुहरूलाई बाहिर निकाले। कुल २६ जना घाइतेलाई स्ट्रेचरको सहायताले दुर्गम बाटो हुँदै सडकसम्म ल्याइएको थियो। त्यसपछि एम्बुलेन्समार्फत उनीहरूलाई उपचारका लागि अस्पताल पठाइयो। दुर्घटनामा ज्यान गुमाएका आठ जनाको शव पनि बसबाट निकालेर सडकसम्म पुर्याई अस्पताल पठाइएको छ।

उद्धार टोलीहरूले घटनास्थल तथा आसपासका सम्भावित क्षेत्रमा पनि व्यापक खोजी अभियान सञ्चालन गरे। पुलिस, प्रशासन, अन्य उद्धार निकाय तथा स्थानीय बासिन्दाको समन्वयात्मक प्रयासमा राहत तथा उद्धार अभियान सम्पन्न गरिएको थियो।

घाइतेहरूको सूची

1-मोहम्मद वहाब अंसारी पुत्र उस्मान अंसारी, निवासी छैलापाता, जिला दुमका, झारखण्ड, उम्र 22 वर्ष।

2-राहुल कुमार पुत्र उपेन्द्र कुमार, निवासी ट्रकुल अपार्टमेन्ट, पटना, बिहार, उम्र 24 वर्ष।

3-अभिषेक पुत्र राजेन्द्र सिंह, निवासी मोहम्मद नथा, जसपुर, ऊधमसिंहनगर, उम्र 28 वर्ष।

4-प्रत्यूष पुत्र सुभाष, निवासी बुढ़ाकेशी, खटीमा, ऊधमसिंहनगर, उम्र 23 वर्ष।

5-अर्जुन सौरन पुत्र प्रधान सौरन, निवासी ग्राम सीलीबुना, थाना रानीचौल, जिल्ला दुमका, झारखण्ड, उम्र 34 वर्ष।

6-बुधन मुर्मू पुत्र देवान मुर्मू, निवासी ढोडिया, जिल्ला दुमका, झारखण्ड, उम्र 50 वर्ष।

7-आयरा पुत्री नूर जहां, निवासी गुवाहाटी, असम, उम्र 3 वर्ष।

8-नूर जहां पत्नी विशाल, निवासी गुवाहाटी, असम, उम्र 26 वर्ष।

9-राजकुमार पुत्र काली चरण, निवासी ग्राम उपर मजियारा, जिल्ला दुमका, झारखण्ड, उम्र 32 वर्ष।

10-जतिन पुत्र जीतपाल, निवासी डीडीए क्वार्टर, जिल्ला शाहदरा, दिल्ली, उम्र 21 वर्ष।

11-पंकज नेगी पुत्र पूरण नेगी, निवासी धौलतीर, रुद्रप्रयाग, उम्र 31 वर्ष।

12-सन्तोष कुमार पुत्र नरेश प्रसाद, निवासी जहानाबाद, थाना घोषी, बिहार, उम्र 38 वर्ष।

13-वीरेन्द्र सिंह पुत्र मुरली सिंह, निवासी हैरन, कर्णप्रयाग, चमोली, उम्र 58 वर्ष।

14-मुन्ना सिंह पुत्र शंकर सिंह, निवासी ऊपर मनियारा, थाना दुमका, झारखण्ड, उम्र 28 वर्ष।

15-सागर पुत्र अनिल दुबे, निवासी प्रतापगढ़, बाबागंज, उत्तर प्रदेश, उम्र 21 वर्ष।

16-खुशी भट्ट पुत्री दीपक भट्ट, निवासी मजीर कांडा, पिथौरागढ़, उम्र 19 वर्ष।

17-एक व्यक्ति गम्भीर (सीरियस) अवस्थामा छन्।

18-परेश मराठी पुत्र बुधन मराठी, निवासी ग्राम करड़ी, बुठकुंडा, जिला दुमका, झारखण्ड।

19-आसापन्थ पत्नी भुवनपन्थ, निवासी ब्लक अफिस, हल्द्वानी, नैनीताल, उम्र 64 वर्ष।

20-पंकज कांडपाल पुत्र जगदीश, निवासी ब्लक अफिस, हल्द्वानी, नैनीताल, उम्र 42 वर्ष।

21-अंजू पत्नी नवीन कुमार, निवासी छड़ैल चौराहा, हल्द्वानी, नैनीताल, उम्र 32 वर्ष।

22-आर्यन गुप्ता पुत्र दीपक गुप्ता, निवासी सेडाल, सुहागपुर, मध्य प्रदेश।

23-रमेश चन्द पुत्र जत्रा मोहन, निवासी कोलकाता।

24-दर्शन सिंह पुत्र बच्ची सिंह, निवासी हल्द्वानी, नैनीताल।

25-रामा प्रसाद घोष पुत्र बटु किशन घोष, निवासी कोलकाता, उम्र 62 वर्ष।

26-नवीन पुत्र कैलाश, निवासी हल्द्वानी, नैनीताल, उम्र 31 वर्ष।

कुल घायल व्यक्ति– 26

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande