गृहमन्त्री शाहद्वारा ‘सीमापार आतङ्कवाद’ विषयक छैटौँ वार्षिक आतङ्कवाद विरोधी सम्मेलनको उद्घाटन
अमित शाह सम्मेलन में सामूहिक तस्वीर में सहयोगी मंत्री एवं अधिकारियों के साथ


नयाँ दिल्ली, १९ नोभेम्बर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले बिहिवार नयाँ दिल्लीमा ‘सीमापार आतङ्कवाद’ विषयमा आयोजित छैटौँ वार्षिक आतङ्कवाद विरोधी सम्मेलनको उद्घाटन गरे। राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) द्वारा आतङ्कवाद विरुद्ध राष्ट्रको सामूहिक प्रतिक्रियालाई थप सुदृढ़ बनाउने निरन्तर प्रयास अन्तर्गत यो सम्मेलन आयोजना गरिएको हो।

गृह मन्त्रालय अनुसार, सम्मेलनका विभिन्न सत्रहरू अलग-अलग विषयमा केन्द्रित हुनेछन्। यसमा विदेशी न्यायिक क्षेत्राधिकारबाट प्रमाण जुटाउने, आतङ्कवादी घटनाहरूको अनुसन्धानमा डिजिटल फरेन्सिक र डेटा विश्लेषणको प्रयोग तथा मुद्दाहरूको प्रभावकारी व्यवस्थापन समावेश छन्।

सम्मेलनका सत्रहरूमा कट्टरपन्थी विचारधाराको सामना गर्ने तथा राष्ट्रिय सुरक्षा सामू देखा परिरहेका हाइब्रिड खतराहरूबारे पनि छलफल हुनेछ। अन्य सत्रहरूमा आतङ्कवादी वित्तीय सञ्जालहरू नियन्त्रण गर्न अपनाइने उपाय, प्रविधि र घटना सम्बन्धी अनुभवहरूको समीक्षा गरिनेछ। साथै भविष्यका चुनौती सामना गर्न सक्षम आतङ्कवाद विरोधी रणनीति विकास गर्ने र उदीयमान राष्ट्रिय सुरक्षा चुनौतीहरूसँग जुध्न संस्थागत क्षमताहरू सुदृढ़ बनाउने विषयमा पनि विचार-विमर्श गरिनेछ।

यस वर्षको सम्मेलनमा राज्य पुलिसका कर्मचारी तथा व्यावसायिक क्षेत्रका व्यक्तिहरूका लागि क्षमता अभिवृद्धि सम्बन्धी प्रशिक्षण कार्यक्रम पनि आयोजना गरिनेछ। सहभागीहरूलाई विभिन्न क्षेत्रमा दक्ष बनाउने उद्देश्यले यो कार्यक्रम तयार गरिएको हो। यसमा आतङ्कवादी घटनाहरूको अनुसन्धानमा नयाँ आपराधिक कानूनहरूको प्रयोग, अभियोजनका क्रममा डिजिटल प्रमाणको उपयोग तथा सुनवाइ सम्बन्धी रणनीति र व्यवस्थापन समावेश छन्।

कार्यक्रममा आतङ्कवादी घटनाहरूको अनुसन्धानसँग सम्बन्धित विशेष प्रावधान, प्रतिरक्षा पक्षबाट प्रस्तुत गरिने सामान्य चुनौतीहरू, साक्षीहरूको सुरक्षा तथा अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन सरकारले गरेका पहलहरूबारे पनि छलफल गरिनेछ।

दुईदिने विचार-विमर्शका क्रममा कानू

न कार्यान्वयन गर्ने निकायहरूले आफ्ना अनुभवहरू साझा गर्न सक्नेछन्। साथै आतङ्कवादी घटनाहरूसँग जुध्न अपनाइएका प्रभावकारी उपायहरू प्रस्तुत गर्नुका साथै यस्ता घटनाहरूको अनुसन्धानबाट प्राप्त सिकाइको लाभ लिन सक्नेछन्।

सम्मेलनमा विभिन्न राज्य तथा केन्द्रशासित प्रदेशका वरिष्ठ पुलिस अधिकारीहरू, केन्द्रिय आतङ्कवाद विरोधी एजेन्सी तथा विभागका अधिकारीहरू र कानून, फरेन्सिक तथा प्रविधि लगायत सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको सहभागिता रहनेछ।

/ बिशाल


 rajesh pande