चेन्नईमा सवारीसाधनबाट १४० करोड़ रुपियाँको लागुऔषध जफत, दुई जना पक्राउ
चेन्नई में वाहन जांच के दौरान पकड़ी गई नशे की बड़ी खेप


चेन्नई, १९ नोभेम्बर (हि.स.)। चेन्नईको माधवरम नजिकै राजस्व गुप्तचर निदेशालय (डीआरआई) का अधिकारीहरूले गरेको आकस्मिक सवारीसाधन जाँचका क्रममा १४० करोड़ रुपियाँ मूल्यको ७० किलोग्राम हेरोइन जफत गरेका छन्। चेन्नई र वरपरका क्षेत्रमा लागुऔषध तस्करी तथा यसको प्रयोग रोक्न विभिन्न कानून कार्यान्वयन गर्ने निकायहरूले कड़ा निगरानी गरिरहेका छन्।

गोप्य सूचनाका आधारमा गरिएको यस कारबाहीमा अधिकारीहरूले तस्करीमा प्रयोग गरिएको सवारीसाधन रोकेर ठूलो परिमाणमा लागुऔषध जफत गरेका हुन्। अधिकारीहरू अनुसार, अन्तरराष्ट्रिय बजारमा यसको मूल्य १४८ करोड़ रुपियाँभन्दा बढ़ी हुनसक्ने अनुमान छ। उक्त सवारीसाधनमा सवार दुई जनालाई पक्राउ गरिएको छ। उनीहरू विरुद्ध कानूनी कारबाही शुरु गरिएको छ।

पक्रा परेका दुवै जनासँग अडयार स्थित केन्द्रिय राजस्व गुप्तचर निदेशालयको कार्यालयमा अधिकारीहरूले लगातार सोधपुछ गरिरहेका छन्। यति ठूलो परिमाणमा हेरोइन कहाँबाट ल्याइएको थियो, यसलाई कहाँ पुर्याउने योजना थियो र यस तस्करी गिरोहमा अन्य को-को संलग्न छन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

तस्करी सञ्जालको पर्दाफास गर्न सबै पक्षबाट गहन अनुसन्धान भइरहेको छ। पक्रा परेका व्यक्तिहरूबाट प्राप्त जानकारीका आधारमा यस तस्करी सञ्जालमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्ने र उनीहरूसँग सम्बन्धित स्थानहरूमा छापा मार्ने कार्य पनि अधिकारीहरूले निरन्तर गरिरहेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande