जुबिन क्षेत्रको निर्माण दुई-तीन महिनामा शुरु हुनेछ, दुई वर्षसम्म त्यहाँ वाहन पार्किङ्ग गर्नमाथि प्रतिबन्धः मुख्यमन्त्री
Assam CM Dr Himanta Biswa Sarma Addressing A Press Conference on Monday.


गुवाहाटी, 23 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्ता विश्व सरमाले सोमवार बताए, जुबिन गर्गको परिवारले लिएका निर्णयहरूमा सरकारको कुनै हस्तक्षेप छैन। उनले बताए, जुबिन क्षेत्रको निर्माण कार्य आगामी 2-3 महिनाभित्रमा शुरु हुनेछ भने निर्माण अवधिभरि डे़देखि दुई वर्षसम्म कुनै पनि वाहनलाई त्यहाँ पार्किङ्ग गर्ने अनुमति दिइनेछैन।

नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्रीले जुबिन गर्गको रेञ्ज रोभर कार बिक्रीसँग सम्बन्धित प्रश्नको जवाफस्वरूप यस्तो टिप्पणी गरेका हुन्। उनले भने, जुबिन गर्गको परिवारले लिने कुनै पनि निर्णयको बारेमा सरकारले केही भनिरहने आवश्यकतै छैन। जुबिन क्षेत्रको निर्माण चाँड़ै शुरु हुने भएकाले आगामी डेढ़देखि दुई वर्षसम्म त्यहाँ वाहन पार्किङ्ग गर्नु सम्भव नहुने मुख्यमन्त्रीले बताए।

सोधिएको अर्को प्रश्नको जवाफमा मुख्यमन्त्रीले नयाँ दिल्लीको द्वारकामा नवनिर्मित असम हाउसको उद्घाटनको सम्बन्धमा जानकारी दिँदै भने, चार तले भवनमा पाहुनाहरूका लागि दुईवटा अत्याधुनिक भीआईपी कोठाहरू निर्माण गरिएको छ।

उनले द्वारका सेक्टर-17 को ठूलो परिसरमा चौथो असम भवन निर्माण गर्ने घोषणा गरे। यसबाहेक मुम्बई, चेन्नई र भेल्लोरमा पनि नयाँ असम भवन निर्माण गरिनेछ, उनले भने।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande