'युवासाथी'- को सट्टा 'भरोसा' योजनालाई मन्त्रीमण्डलको स्वीकृति, , बेरोजगार युवाहरूले जनवरीदेखि पाउनेछन् मासिक भत्ताः शुभेन्दु अधिकारी
पश्चिम बंगाल के मुख्यमंत्री शुभेंदु अधिकारी


कोलकाता, 23 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले सोमवार राज्यका बेरोजगार युवाहरूका लागि नयाँ बेरोजगारी भत्ता योजना 'भरोसा'- को विस्तृत स्वरूपको घोषणा गरे। नवान्नमा आयोजित मन्त्रीमण्डलको बैठकमा उक्त योजनालाई अन्तिम स्वीकृति दिइयो। बैठकपछि सञ्चार माध्यमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले बताए, यो भत्ता आउँदो जनवरी महिनादेखि प्राप्त हुन थाल्नेछ।

मुख्यमन्त्रीले दिएको जानकारी अनुसार 'भरोसा' योजना अन्तर्गत स्नातक भएका र सरकारी कलेजबाट व्यावसायिक तालिम (भोकेशनल ट्रेनिङ्ग) लिएका युवाहरूलाई प्रतिमहिना दुई हजार रुपियाँ दिइने छ भने स्नातक नभएका युवाहरूलाई डेढ़ हजार रुपियाँ दिइनेछ। हाल आगामी 15 महिनासम्म यसै दरमा भत्ता दिइनेछ।

यसअघि मुख्यमन्त्रीले घोषणा गरेका थिए, यस योजना अन्तर्गत स्नातकलाई 3 हजार र गैर स्नातकलाई 2 हजार रुपियाँ मासिक दिइनेछ। यस रकममा अस्थायी कटौतीको कारण व्याख्या गर्दै शुभेन्दु अधिकारीले भने, नयाँ सरकार सत्तामा आएको छ महिना मात्रै भएको बताए। यसबिच हामीले लामो समयदेखि थाँतीमा रहेको महँगी भत्ता (डीए)- को ठूलो हिस्सा भुक्तान गर्नुपऱ्यो जसमा धेरै खर्च भएको छ। तसर्थ आगामी जनवरीदेखि आउँदो 15 महिनासम्म हामी स्नातक र प्राविधिक रूपमा प्रशिक्षित युवाहरूलाई दुई हजार रुपियाँ अनि गैर स्नातकहरूलाई डेढ़ हजार रुपियाँ दिनेछौँ। उनले थपे, आगामी वित्तीय वर्ष 2028-29 देखि पहिला घोषणा गरिए अनुसारै रकम दिइनेछ। उनले युवाहरूलाई आगामी 15 महिनासम्म सहयोग गर्न आग्रह गरे।

उल्लेखनीय छ, यस वर्ष 2026- को विधानसभा चुनाउभन्दा ठीकअघि तत्कालीन मुख्यमन्त्री ममता ब्यानर्जीले बेरोजगार युवाहरूका लागि 'युवासथी' योजना शुरु गरेकी थिइन् जसा अन्तर्गत प्रतिमहिना डेढ़ हजार रुपिाँ दिइन्थ्यो। यो भत्ता दुई महिनाका लागि मात्र उपलब्ध थियो र राज्यमा सत्ता परिवर्तन भएपछि बन्द गरिएको थियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पछिल्लो सरकारको योजनालाई चुनावी बताउँदै भने, यसलाई अब केन्द्रिय योजनाहरू अनुरूप 'भरोसा' नाम दिइएको छ र प्राविधिक शिक्षा प्राप्त युवाहरूलाई पनि यसको दायरामा समावेश गरिएको छ।

योजनाको योग्यताको सन्दर्भमा यो स्पष्ट गरिएको छ कि एउटा परिवारबाट अधिकतम दुई जना व्यक्ति मात्र यो भत्ताका लागि योग्य हुनेछन्। साथै 'अन्नपूर्णा' वा अन्य कुनै सरकारी भत्ता लिरहेका व्यक्तिहरूलाई 'भरोसा' योजनाको दायराबाट बाहिर राखिनेछ।

--------

/ बिशाल


 rajesh pande