बिरामीको आफन्त र पुलिसमाझ झड़प मामिलमा एकजना पक्राउ, तीन जना पुलिसकर्मी घाइते
बिरामीको आफन्त र पुलिसमाझ झड़प मामिलमा एकजना पक्राउ, तीन जना पुलिसकर्मी घाइते


सिलगढ़ी, 23 नोभेम्बर (हि.स.)। सिलगढ़ी जिल्ला अस्पतालमा बिरामीको परिवार र पुलिसकर्मीबीच भएको झडप मामिलामा पुलिसले बिरामी परिवारका एकजना सदस्यलाई पक्राउ गरेको छ। अभियुक्तको पहिचान विजय घोष हो जो सिलगढ़ीको शान्तिनगर क्षेत्रका बासिन्दा हुन्। घटनामा तीनजना पुलिसकर्मीहरू घाइते भएको बताइएको छ।

पुलिस सूत्र अनुसार गए आइतवार अबेर राती सिलगढ़ी जिल्ला अस्पतालको आपतकालीन विभागमा सो घटना शुरु भएको हो। भनिन्छ, आपतकालीन विभागमा त्यस समय कुनै कर्मचारी उपस्थित थिएनन् जसले गर्दा बिरामीको परिवारमा असन्तुष्टि उत्पन्न भयो। यसै कुरालाई लिएर अस्पताल परिसरमा पहिला भनाबैरी भयो।

घटनाको जानकारी पाएपछि अस्पतालको पुलिस क्याम्पमा तैनाथ पुलिसकर्मीहरूले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गर्ने प्रयास गरे। यसै अवधि बिरामीको परिवारका सदस्यहरू र पुलिसबीच विवाद शुरू भयो जुन हेर्दा-हेर्दै कुटपिटमा परिणत भयो।

आरोप छ, बिरामीको परिवारका केही सदस्यहरूले पुलिसकर्मीहरूमाथि आक्रमण गरे जसमा तीन जना पुलिसकर्मीहरू घाइते भएका छन्। पछि सूचना पाएर सिलगढ़ी थानाको पुलिसले अस्पतालमा पुगेर स्थितिलाई नियन्त्रित गऱ्यो।

पुलिसकर्मीहरूको उजुरीको आधारमा मामिलाको अनुसन्धान शुरु गरियो। अनुसन्धानपछि पुलिसले बिरामीको परिवारका सदस्य विजय घोषलाई अबेर राती पक्राउ गऱ्यो। पुलिसले अहिले सम्पूर्ण मुद्दाको अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande