दाँतनमा आठ वटा गाई जफत, तस्करी गर्ने प्रयास विफल
बरामद गाय को अस्थाई रूप से व्यस्था की गई है


पश्चिम मेदिनीपुर, 24 नोभेम्बर (हि.स.)। जिल्लाको दाँतन क्षेत्रमा पुलिसले गाई तस्करीको प्रयासलाई विफल तुल्याउँदै आठ वटा गाईवस्तु बरामद गरेको छ। यो घटना मङ्गलवार बिहान दाँतन-2 ब्लकको सबड़ा क्षेत्रमा भएको हो। पुलिसले पिक-अप भ्यानलाई जफत गरेको छ।

प्राप्त जानकारी अनुसार मङ्गलवार बिहान एउटा पिकअप भ्यान आठ वटा गाईवस्तु बोकेर सबड़ा क्षेत्रबाट गइरहेको थियो। यसै अवधि बेलदा पुलिस थाना अन्तर्गत जोड़ागेड़िया पुलिस आउटपोस्टको मोबाइल पुलिस भ्यानको नजर संदिग्ध वाहनमाथि पऱ्यो। पुलिसले वाहनलाई रोक्ने प्रयास गर्दा चालकले वाहन छोड़ेर घटनास्थलबाट भाग्यो। पुलिसले वाहनको जाँच गऱ्यो जसमा आठवटा गाई-गोरूहरू भेटियो।

पुलिस सूत्र अनुसार बरामद भएको गाईलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी गोशालामा राख्ने व्यवस्था गरिने छ। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande