आगरा–लखनऊ एक्सप्रेस–वेमा दुर्घटना, चार स्कूले बालबालिकाको मृत्यु, २४ जनाको अवस्था गम्भीर
कन्नौज:- आगरा-लखनऊ एक्सप्रेसवे पर भीषण हादसा,


कन्नौज (उत्तर प्रदेश), २४ नोभेम्बर (हि.स.)। लखनउ-आगरा एक्सप्रेस-वेमा मङ्गलवार बिहान भएको सड़क दुर्घटनामा चार जना स्कूले बालबालिकाको मृत्यु भएको छ भने २५ जना बालबालिका गम्भीर घाइते भएका छन्। दुर्घटना ठठिया थाना क्षेत्रको माइलस्टोन २१० नजिक बिहान लगभग ६ः३० बजी भएको हो।

आगराबाट पिकनिक मनाएर फर्किरहेको कौशाम्बी स्थित ओरिएन्टल पब्लिक स्कूलको बसलाई पछाड़ीबाट तीव्र गतिमा आइरहेको ट्रकले जोडदार ठक्कर दियो। ठक्करका कारण बसको पछाड़ीको भाग पूर्ण रूपमा क्षतिग्रस्त भयो भने धेरै सिटहरू उखेलिएका थिए। बसमा सवार बालबालिकाहरू भित्रै फसे।

प्राप्त जानकारी अनुसार, बालबालिकाहरूलाई शौचालय लैजानका लागि चालकले बस एक्सप्रेस–वेको किनारमा रोकेका थिए। यही क्रममा पछाड़ीबाट आएको ट्रकले बसलाई ठक्कर दियो। दुर्घटनापछि घटनास्थलमा कोकोहोलो र रुवाबासी मच्चियो।

सूचना पाएपछि घटनास्थल पुगेको पुलिसले यात्रुहरूको सहयोगमा उद्धार तथा राहत अभियान सञ्चालन गर्यो। निकै प्रयासपछि बालबालिकाहरूलाई बसबाट बाहिर निकालेर एम्बुलेन्स मार्फत तिर्वास्थित सरकारी मेडिकल कलेज पुर्याइयो। त्यहाँ चिकित्सकहरूले चार जना बालबालिकालाई मृत घोषित गरे।

मृतकहरूको पहिचान आर्यन चौरसिया (१४), रजिउल्लाह (१६), जैद मिर्जा (१७) र अरमान (१७) का रूपमा भएको छ। आर्यन र रजिउल्लाह कौशाम्बीको अफजलपुरवारी मोहब्बतपुरका बासिन्दा थिए भने जैद फतेहपुरको निदौरा र अरमान गौरे खकरेडका निवासी थिए।

दुर्घटनामा स्कूलका व्यवस्थापक सलमान र अर्का एक बालकको अवस्था गम्भीर रहेकाले उनीहरूलाई कानपुर स्थित ह्यालेट अस्पतालमा रेफर गरिएको छ।

विद्यालय व्यवस्थापन अनुसार, बसमा ५० जना बालबालिका सहित शिक्षक तथा अन्य कर्मचारी सवार थिए। उनीहरू सबै आगरा गएर ताजमहल अवलोकन गरी कौशाम्बी फर्किरहेका थिए।

घटनाको जानकारी पाएलगत्तै जिल्लाधिकारी आशुतोष मोहन अग्निहोत्री र पुलिस अधीक्षक विनोद कुमार मेडिकल कलेज पुगे। उनीहरूले घाइतेहरूको अवस्थाबारे जानकारी लिनुका साथै चिकित्सकहरूलाई राम्रो उपचारको व्यवस्था गर्न निर्देश दिए। सुरक्षित रहेका बालबालिकाहरूलाई अर्को गाड़ी मार्फत कौशाम्बी पठाउने व्यवस्था गरिएको छ। पुलिसले दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande