
नोएडा, २४ नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको नोएडामा दादरी थाना पुलिसले सोमवार राति भएको पुलिस भिड़न्तका क्रममा एक अपराधीलाई पक्राउ गरेको छ। पुलिसको गोली लागेर उक्त अपराधीको खुट्टामा चोट लागेको छ।
तेस्रो जोनका पुलिस उपायुक्त श्रवण कुमार सिंहले बताए अनुसार, दादरी थाना पुलिस सोमवार राति बोड़ाकी गाउँ नजिकै ब्यारियर लगाएर सवारीसाधन जाँच गरिरहेको थियो। त्यही क्रममा मोटरसाइकलमा सवार दुई जना व्यक्ति आइरहेको देखिए। पुलिसले उनीहरूलाई रोकिन सङ्केत गर्दा उनीहरू भाग्न थाले। पुलिसले उनीहरूलाई पछ्याएर घेरेको थियो।
आफूलाई पुलिस टोलीले घेराबन्दी गरेको देखेपछि अपराधीहरूले पुलिस टोलीमाथि ज्यान मार्ने उद्देश्यले गोली चलाए। उनले बताए अनुसार, जवाबी कारबाहीमा पुलिसले पनि गोली चलाएको थियो।
पुलिसको गोली लागेर बुलन्दशहर जिल्लाका निवासी रामकुमारका छोरा लोकेश (२३) घाइते भएको छ। उसका अर्का एक साथी घटनास्थलबाट भाग्न सफल भएको छ।
उक्त अपराधीदेखि पुलिसले एउटा देशी कटुवा पेस्तोल, विभिन्न स्थानबाट लुटिएका ९ वटा मोबाइल फोन, चोरीका ५ वटा मोटरसाइकल तथा चाँदीका चोरीका सिक्काहरू जफत गरेको छ।
उक्त अपराधीले आफ्ना साथीहरूसँग मिलेर राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा लुटपाट तथा चोरीका घटनाहरू गर्दै आएको पुलिसले जनाएको छ। उ विरुद्ध यसअघि पनि धेरै मुद्दा दर्ता भएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी