खारुपेटियाका किसानहरूको आय बिचौलियाहरूले लुटिरहेका छन्ः ऐनुद्दिन अहमद
धान की फसल। फाइल फोटो


दरङ्ग (असम), 26 नोभेम्बर (हि.स.)। दरङ्ग जिल्ला अन्तर्गत खरुपेटियाका किसानहरूको आयमाथि बिचौलियाहरूले लुटिरहेको आरोप उठेको छ। धान खरिदमा बिचौलियाहरूले सङ्गठित रूपमा सिण्डिकेट चलाइरहेको कुरा पनि उठिरहेको छ। बिचौलियाहरूले किसानहरूबाट कम मूल्यमा किनेको धानलाई बाहिरी राज्यमा पठाएर मुनाफा कमाइरहेको बताइएको छ। बिचौलियाहरूले कम मूल्यमा किसानहरूबाट धान किन्नका लागि विशेष बजार स्थापना गरेका छन्। सरकारले किसानहरूका लागि तय गरेको न्यूनतम समर्थन मूल्यका धान खरिद केन्द्रहरू भए पनि किसानहरू उचित मूल्य पाउनबाट वञ्चित छन्।

यो गुनासो अल मुस्लिम स्टुडेण्ट यूनियन (एएएमएसयू)- का प्रमुख सल्लाहकार ऐनुद्दिन अहमदले गरेका हुन्। राज्य सरकारले किसानहरूलाई धानको न्यूनतम लाभकारी मूल्यको ग्यारन्टी दिने उद्देश्यले प्रतिक्विन्टल धानको न्यूनतम समर्थन मूल्य 2640 रुपियाँ निर्धारण गरेको छ। यसको साथै दरङ्ग जिल्लामा करिब 10 वटा सरकारी धान खरिद केन्द्रहरू उपलब्ध छन्। ऐनुद्दिन अहमदले भने, यी सबै सुविधाहरू हुँदाहुँदै पनि दरङ्ग जिल्लाका किसानहरू, विशेष गरी खारुपेटियाका किसानहरू धानको उचित मूल्यबाट वञ्चित भएकोमा असन्तुष्ट भएका छन्।

ऐनुद्दिनले आरोप लगाए, केही बैइमान व्यापारीहरूले सरकारद्वारा तय गरिएको मूल्यलाई हेरफेर गरेर किसानहरूबाट कम मूल्यमा धान खरिद गरिरहेका छन्। बिचौलियाहरूले बनाएको विशेष बजारमा विभिन्न दलालहरूको माध्यमबाट किसानहरूबाट प्रतिक्विन्टल 1800 देखि 2100 रुपियाँ प्रति धान किन्छन्। उनले भने, हाम्रो स्थानीय धानबाट बाहिरी राज्यहरूमा चामल बनाउँछ अनि त्यै चामललाई फेरि असमका मानिसहरूले किनेर खान्छन्। यस प्रकारको व्यापारले असमको अर्थतन्त्रलाई असर गर्नेछ। ऐनुद्दिन अहमदले विभागीय उच्चस्तरीय जाँचको माध्यमबाट बिचौलियाहरूको व्यवसायलाई बन्द गराउनको साथै असमको धानलाई बाहिरी राज्यहरूमा निर्यात गर्नदेखि प्रतिबन्ध लगाउने माग गरेका छन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande