
गुवाहाटी, 26 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विस्व सरमाले बुधवार रङ्गियाको तुलसीबाड़ीमा रक्षा उपकरण निर्माण परियोजनाको भूमिपूजनसितै शिलान्यास गरे। यसबाट राज्यको औद्योगिक विकासमा एउटा नयाँ अध्याय जोड़िएको छ।
असम प्रदेश भाजपाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, मुम्बईस्थित कम्पनी स्पिड फर डिफेन्स सिस्टम प्राइभेट लिमिटेडद्वारा करिब 14 एकड़ जमीनमा स्थापना गरिएको यस परियोजनाको पहिलो चरणमा करिब 50 करोड़ रुपियाँ लगानी हुनेछ। जनवरी 2028 सम्म यहाँ उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ।
परियोजना पूर्ण रूपमा सञ्चालन हुन थालेपछि लगभग 300 भूमिगत बङ्करहरू, 100 एन्टि-ड्रोन प्रणालीहरू तथा लगभग 200 पूर्वनिर्मित संरचनाहरू प्रत्येक वर्ष निर्माण गरिनेछ। प्रारम्भिक चरणमा करिब 150 जनाले प्रत्यक्ष रोजगार पाउनेछन् भने पूर्ण क्षमतामा काम शुरु हुन थालेपछि रोजगारको सङ्ख्या बढ़ेर करिब 500 पुग्नेछ।
यस अवसरमा मुख्यमन्त्रीले भने, राज्य सरकारले परम्परागत उद्योगसँगसँगै रक्षा उत्पादन जस्ता नयाँ क्षेत्रमा लगानी आकर्षित गर्न विशेष ध्यान दिरहेको छ। उनले असममा निवेशको लागि रक्षा कम्पनीहरूलाई प्रोत्साहित गर्न असम एयरोस्पेस र रक्षा विनिर्माण नीति-2025 मा संशोधन गर्ने कुरा समेत गरे।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा