26/ 11 को आतङ्कवादी घटना भारतको इतिहासमा गहिरो घाउ होः मुख्यमन्त्री हिमन्त
असम के मुख्यमंत्री द्वारा 26/11 आतंकी घटना के संबंध में साझा पोस्टर।


गुवाहाटी, 26 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले 26/11- को आतङ्कवादी हमलाको वर्षगाँठको अवसरमा यस हमलामा ज्यान गुमाउने निर्दोष नागरिक एवं देशको सुरक्षाका लागि सर्वोच्च बलिदान दिने वीर जवानहरूलाई गहिरो श्रद्धाञ्जली अर्पण गरेका छन्।

आज सोशल मिडियामा एउटा पोस्ट साझा गर्दै मुख्यमन्त्रीले भनेका छन्, वर्ष 2008- को 26 नोभेम्बरको त्यो कालो दिन भारतको इतिहासमा गहिरो घाउका रूपमा सदाका लागि रहने छ। पाकिस्तानबाट आएका आतङ्ककारीहरूले गरेको निर्दयी आक्रमणमा सयौँ निर्दोषको ज्यान गएको थियो। उक्त आक्रमणले सम्पूर्ण देशलाई शोकमा डुबाएको छ।

मुख्यमन्त्रीले भनेका छन्, त्यो घटनापछि देशको आन्तरिक र बाह्य सुरक्षालाई सुदृढ बनाउने दिशामा हामी धेरै अगाड़ि बढ़िसकेका छौं। भारतको सुरक्षाप्रति खतरा निम्त्याउने हरेक तत्वविरुद्ध दृढतापूर्वक लड्ने हाम्रो सङ्कल्प अटल छ।

उनले भनेका छन्, त्यस भयानक समयमा ज्यान गुमाउने प्रत्येक निर्दोष नागरिक र देशको सुरक्षाका लागि सर्वोच्च बलिदान दिने बहादुर जवानहरूलाई हामी गहिरो श्रद्धाञ्जलिी अर्पण गर्दछौँ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande