
गुवाहाटी, 26 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले आज संविधान दिवसको अवसरमा भारतको लोकतन्त्रको जग बसाल्ने संविधान सभाका दूरदर्शी सदस्यहरूको अमूल्य योगदानलाई गहिरो श्रद्धाका साथमा स्मरण गरे।
सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट साझा गर्दै मुख्यमन्त्रीले भनेका छन्, 'हाम्रो संविधान नागरिकहरूको न्याय, स्वतन्त्रता, समानता र नागरिकहरूको भाइचाराको भावनाको अधिकारलाई सुरक्षित गर्ने आधार हो। यसले हाम्रा लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउँछ साथै मौलिक अधिकारहरू सुनिश्चित गर्दछ र राष्ट्र निर्माणको दिशामा हाम्रा मौलिक कर्तव्यहरूको सम्झना गराउँछ।
उनले भने, संविधान दिवसको विशेष दिनमा, हामी भारतको जीवन्त लोकतन्त्रको जग बसाल्ने संविधान सभाका दूरदर्शी सदस्यहरूको अमूल्य योगदानलाई गहिरो श्रद्धाको साथमा सम्झन्छौँ। साथै उनले भने, अमृतकालको यस यात्रामा आउनुहोस्, हामी सबैले संविधानका आदर्श र मूल्यहरूलाई अक्षुण्ण राख्न, राष्ट्रिय एकता र सद्भावलाई अझ सुदृढ पार्न अनि राष्ट्रको सेवामा निष्ठा एवं जिम्मेवारीको साथमा आफूलाई समर्पित गर्ने सङ्कल्प गरौ।'
--------
/ बिशाल