केन्द्रिय स्वास्थ्य मन्त्रालयद्वारा कर्तव्य भवनमा मनाइयो ‘संविधान दिवस’
केंद्रीय स्वास्थ्य मंत्रालय के अधिकारीगण संविधान की प्रस्तावना पढ़ते हुए।


नयाँ दिल्ली, २६ नोभेम्बर (हि.स.)। केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहिवार दिल्ली स्थित कर्तव्य भवनमा आफ्ना अधिकारी तथा कर्मचारीहरूसँग संविधानको प्रस्तावना वाचन गरी संविधान दिवस मनाएको छ।

यस अवसरमा अतिरिक्त सचिव, संयुक्त सचिव, निदेशक, उपसचिव लगायत सबै वरिष्ठ अधिकारीहरू उपस्थित थिए। यसका साथै राष्ट्रिय एड्स नियन्त्रण सङ्गठन, राष्ट्रिय स्वास्थ्य प्राधिकरण तथा राष्ट्रिय आयुर्विज्ञान आयोगका प्रतिनिधिहरू लगायत मन्त्रालयका अन्य अधिकारीहरू पनि भीडियो कन्फरेन्सिङ मार्फत कार्यक्रममा सहभागी भए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande