
कोलकाता, 26 नोभेम्बर (हि.स.)। राष्ट्रिय संविधान दिवसको अवसरमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बिहीवार बिहान सोशल मिडियामा सन्देश जारी गरी राज्य अनि देशवासीहरूलाई शुभकामना दिए। उनले संविधानका मूल्यहरूको रक्षा गर्ने तथा नागरिकको रूपमा हाम्रो कर्तव्य पालन गर्ने सङ्कल्पलाई दोहोऱ्याउने आह्वान गरे।
आफ्नो सन्देशमा शुभेन्दु अधिकारीले भने, संविधान दिवसको अवसरमा सबैले संविधानका मूल्यहरूको रक्षा गर्ने र आफ्नो कर्तव्य पालन गर्ने प्रतिबद्धता दोहोऱ्याउनु पर्छ। उनले एक सशक्त, आत्मनिर्भर तथा विकसित भारत निर्माण गर्न एकजुट भएर अगाडि बढ्ने सबैलाई अपील गरे।
उनले सबैलाई राष्ट्रिय संविधान दिवसको हार्दिक शुभकामना दिँदै जय हिन्द र बन्दे मातरम- को उद्घोषसितै आफ्नो सन्देश समाप्त गरे।
उल्लेख्य, भारतको संविधानलाई 26 नोभेम्बर, 1949 मा संविधान सभाद्वारा अङ्गीकृत गरिएको थियो। त्यसपछि 26 जनवरी, 1950 मा देशमा संविधान लागू भयो। सन् 2015 देखि हरेक वर्ष 26 नोभेम्बरलाई संविधान दिवसका रूपमा मनाइन्छ। यस दिन नागरिकहरूलाई संविधानको महत्त्व र यसको मूल्यमान्यताप्रति सचेत गराइन्छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा