संविधान दिवसमा प्रधानमन्त्री मोदीद्वारा देशवासीलाई शुभकामना
प्रधानमंत्री नरेन्द्र मोदी (फाइल फोटो)


नयाँ दिल्ली, २६ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिवार संविधान दिवसको अवसरमा सम्पूर्ण देशवासीलाई हार्दिक शुभकामना दिएका छन्। उनले साझा गरेको संस्कृत सुभाषितमा विद्वान्हरूद्वारा गहन विचार-विमर्शपछि तयार पारिएका नीति तथा सिद्धान्तहरू चिरस्थायी हुने कुरालाई उजागर गरिएको छ।

प्रधानमन्त्रीले एक्समा लेखेका छन्, “यस पावन अवसरमा संविधानका शिल्पकार बाबासाहेब डा. बी.आर. अम्बेडकर एवं संविधान सभाका सम्पूर्ण महान् विभूतिहरूलाई मेरो नमन तथा वन्दन। यो दिन हाम्रा संविधान निर्माताहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने र यसमा निहित मूल्यहरूलाई सुदृढ़ बनाउने सङ्कल्प दोहोर्याउने अवसर हो। संविधान निर्माताहरूले प्रदान गरेको यो ग्रन्थ भारतीय लोकतन्त्रको अमूल्य विरासत हो। संविधानका आदर्श र मूल्यहरूले ‘विकसित भारत’ को सङ्कल्पलाई साकार पार्न राष्ट्रलाई निरन्तर मार्गदर्शन गरिरहनेछन्।”

प्रधानमन्त्रीले एउटा संस्कृत सुभाषित पनि साझा गरेका छन्, “बहुधा बहुभिः सार्धं चिन्तिताः सुनिरूपताः। कथञ्चिन्न विलियन्ते विद्वद्भिश्चिन्तिता नयाः॥”

यसको भावार्थ विद्वान्हरूद्वारा धेरै व्यक्तिहरूसँग मिलेर राम्ररी विचार-विमर्श तथा विश्लेषण गरी निर्धारण गरिएका नीतिहरू कुनै पनि परिस्थितिमा नष्ट हुँदैनन् भन्ने हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande