पुलिसमाथि भएको हमलालाई लिएर  दिलीप घोषले चिन्ता व्यक्त गरे
पत्रकारों से बात करते मंत्री दिलीप घोष


कोलकाता, 26 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गाल पञ्चायत तथा ग्रामीण विकास मन्त्री दिलीप घोषले राज्यमा पुलिसमाथि हालैमा भएका घटनाहरूप्रति चिन्ता व्यक्त गरेका छन्। बिहीवार न्यूटाउनको इको पार्कमा बिहान हिँड्ने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले राज्यका विभिन्न राजनीतिक, सामाजिक एवं कानून व्यवस्था सम्बन्धी मुद्दाहरूमा आफ्नो प्रतिक्रिया दिए। उनले पुलिसमाथि आक्रमण, हतियारहरूको उपलब्धता, एसआईआर अन्तर्गत मतदाताहरूको नाम मेटाउने र बङ्गलादेशमा हिन्दूहरूविरुद्ध हिंसा जस्ता मुद्दाहरूमाथि आफ्नो कुरा राखे।

राज्यमा पुलिसलाई लक्षित गरी गोली दागेका घटनाहरूमाथि चिन्ता व्यक्त गर्दै उनले बोलपुरपछि आसनसोलको हीरापुरमा भएको गोलीकाण्डको पनि उल्लेख गरे। उनले प्रश्न गरे, आखिर अपराधीहरू कसरी यस्तो निडर भएका हुन् र उनीहरूसित यति धेरै हतियारहरू कहाँबाट आइरहेका छन्? पुलिसलाई लक्षित गरी गोली चलाएका घटनाहरूलाई उनले राज्यको कानुन र व्यवस्थाको लागि गम्भीर चिन्ताको विषय रहेको बताए।

दिलीप घोषले राज्यमा बारम्बार हुने डकैती र ठगीका घटनाहरूको परिप्रेक्ष्यमा पनि प्रश्न उठाए। उनले दुर्गानगर, दमदममा सुन व्यापारीको घरमा भएको डकैती, त्रिवेणीमा ज्योतिषीको घरमा भएको घटना र पार्क स्ट्रिटमा रहेको गहनाको शोरुममा मानिसहरूले जीएसटी अफिसरको भेषमा गरेको घटनाको उल्लेख गरे।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande