जयशंकरद्वारा मरिससका विदेशमन्त्रीसँग भेटवार्ता, विशेष आर्थिक प्याकेजको प्रगतिको समीक्षा
25वीं आईओआरए मंत्रिपरिषद की बैठक से इतर मॉरीशस के विदेश मंत्री धनंजय रामफल के साथ मुलाकात करते विदेश मंत्री डॉ. एस. जयशंकर।


नयाँ दिल्ली, २६ नोभेम्बर (हि.स.)। विदेशमन्त्री एस. जयशंकरले बिहिवार मरिससका विदेशमन्त्री धनञ्जय रामफलसँग यहाँ भेटवार्ता गरी दुवै देशबीचको द्विपक्षीय सम्बन्ध तथा विशेष आर्थिक प्याकेज अन्तर्गत भएको प्रगतिको समीक्षा गरेका छन्। दुवै नेताले भारत र मरिससबीचको उन्नत रणनीतिक साझेदारीलाई थप सुदृढ़ बनाउने तथा मरिससको विकास प्राथमिकतामा सहयोग बढ़ाउने प्रतिबद्धता दोहोर्याएका छन्।

धनञ्जय रामफल २७ नोभेम्बरमा हुने २५औँ हिन्द महासागर रिम एसोसिएशन (आईओआरए) को मन्त्रिपरिषद् बैठकमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्।

जयशंकरले सामाजिक सञ्जाल एक्समा भेटवार्ताको भीडियो साझा गर्दै मरिससका विदेशमन्त्री धनञ्जय रामफलसँग भेटेर आफूलाई निकै खुशी लागेको बताएका छन्। दुवै नेताले विशेष आर्थिक प्याकेज अन्तर्गत भएको प्रगति सहित द्विपक्षीय सम्बन्धका प्रमुख क्षेत्रहरूको समीक्षा गरेको उनले उल्लेख गरेका छन्।

विदेश मन्त्री जयशंकरले दुवै पक्षले भारत र मरिससबीचको उन्नत रणनीतिक साझेदारीलाई थप सुदृढ़ बनाउने प्रतिबद्धता दोहोर्याएको बताएका छन्। यसका साथै भारतको ‘भिजन महासागर’ र ‘छिमेकी प्रथम’ नीतिअन्तर्गत मरिससका विकास प्राथमिकताहरूलाई सहयोग गर्ने विषयमा पनि सहमति भएको उनले बताएका छन्।

उल्लेखनीय छ, भारत र मरिससबीच ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध रहँदै आएको छ। हिन्द महासागर क्षेत्रमा दुवै देशको रणनीतिक साझेदारी समुद्री सुरक्षा, क्षेत्रीय सहयोग तथा विकास सम्बन्धी गतिविधिका दृष्टिले महत्त्वपूर्ण रहेको छ। भारतको महासागरसँग सम्बन्धित पहल तथा छिमेकी देशहरूसँगको सहयोग नीतिमा मरिससको महत्त्वपूर्ण भूमिका रहेको छ।

/ बिशाल


 rajesh pande