अनेसास सिक्किम च्याप्टरद्वारा स्वर्गीय धनमाया तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली
मुख्यमन्त्री प्रेमसिंह तामाङकी आमा धनमाया तामाङ


गान्तोक, २६ नोभेम्बर (हि.स.)। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), सिक्किम च्याप्टरले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङकी पूजनीय माता धनमाया तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।

अनेसास सिक्किम च्याप्टरकी महासचिव डा कविता सुब्बाले आज जारी शोक सन्देशमा सोरेङ जिल्लाको सिङलिङ गाउँ निवासी स्वर्गीय कालुसिंह तामाङकी धर्मपत्नी धनमाया तामाङको ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको बताएकी छन्। स्वर्गीय तामाङले आफ्नो पछाडि चार छोरा, तीन छोरी, नाति-नातिना तथा पनाति-पनातिनासहितको परिवार छाडेर गएकी छन्।

महासचिव डा सुब्बाले स्वर्गीय धनमाया तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्ति एवं मोक्ष प्राप्तिको कामना गरेकी छन्। साथै, यस दुःखद् घडीमा मुख्यमन्त्री प्रेमसिंह तामाङलगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै शोकको पीडा सहन गर्न ईश्वरले परिवारलाई शक्ति प्रदान गरून् भन्ने प्रार्थना गरेकी छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande