मुख्यमन्त्रीकी आमाको निधनप्रति भोटिया र लेप्चा सङ्घद्वारा शोक व्यक्त, राज्यस्तरीय संयुक्त लोसुङ-नामसुङ समारोह स्थगित
मुख्यमन्त्रीकी आमाको निधनप्रति भोटिया र लेप्चा सङ्घद्वारा शोक व्यक्त


गान्तोक, २६ नोभेम्बर (हि.स.)। आगामी 12 दिसम्बरमा मनाइने भनिएको राज्यस्तरीय संयुक्त लोसुङ-नामसुङ समारोह स्थगित गरिएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङकी आमाको निधनलाई ध्यानमा राख्दै उक्त निर्णय लिइएको हो।

अखिल सिक्किम भोटिया सङ्घ (एएसबीए) र रेन्ज्योङ मुन्तान्ची रोङ तार्जुम (सिक्किम लेप्चा सङ्घ) का कार्यकारी सदस्यहरूले आज राजधानीको बीएल हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त घोषणा गरे। दुवै सङ्घ तथा राज्यभरिका आ-आफ्ना समुदायका तर्फबाट प्रतिनिधिहरूले शोकसन्तप्त मुख्यमन्त्री र उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा ऐक्यबद्धता जनाएका छन्।

पत्रकार सम्मेलनका क्रममा दुवै सङ्घले आगामी १२ दिसम्बर, २०२६ मा आयोजना गर्ने तय भएको राज्यस्तरीय संयुक्त लोसुङ-नामसुङ समारोह स्थगित गरिएको घोषणा गरे। शोकको अवधि तथा आगामी दिसम्बर महिनाका चाडपर्वलाई ध्यानमा राख्दै समारोहको मिति सार्ने निर्णय लिइएको सङ्घका प्रतिनिधिहरूले जानकारी दिए।

राज्यस्तरीय संयुक्त समारोहका लागि उपयुक्त तथा शुभ मिति तय गर्न आगामी दुईदेखि तीन साताभित्र दुवै सङ्घका कार्यकारी सदस्यहरूले पुनः बैठक बसी छलफल गर्ने जनाइएको छ। समारोहको नयाँ मिति उपयुक्त समयमा सर्वसाधारणलाई जानकारी गराइने दुवै सङ्घले बताएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande