मुख्यमन्त्री शुभेन्दु अधिकारीले 26/11 मुम्बई आतङ्कवादी हमलाका शहीदहरूलाई  श्रद्धाञ्जली अर्पण गरे
मुंबई आतंकी हमले के शहीदों को मुख्यमंत्री ने दी श्रद्धांजलि


कोलकाता, 26 नोभेम्बर (हि.स.)। मुम्बईमा पछिल्लो 26 नोभेम्बर, 2008-मा भएको आतङ्कवादी हमलाको वार्षगाँठमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले यस हमलामा ज्यान गुमाउने र देशको रक्षाका लागि सर्वोच्च बलिदान दिने वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले बिहीवार सोशल मिडियामा पोस्ट गरी सबै मृतकप्रति आफ्नो श्रद्धाञ्जली व्यक्त गरे।

मुख्यमन्त्री शुभेन्दु अधिकारीले आफ्नो सन्देशमा भने, 26/11 - को मुम्बई आतङ्कवादी हमलामा ज्यान गुमाउने सबैप्रति उनी आफ्नो श्रद्धा व्यक्त गर्दछन्। साथै देशको अखण्डता र सुरक्षाको रक्षा गर्न आफ्नो जीवन प्राणको बलिदान दिने सबै वीरहरूलाई उनले विनम्र श्रद्धाञ्जली अर्पण गरे।

उल्लेखनीय छ, 26 नोभेम्बर, 2008- मा पाकिस्तानबाट आएका लश्कर-ए-तैयबाका दश जना आतङ्ककारीहरूले मुम्बईका विभिन्न स्थानमा समन्वित आतङ्कवादी आक्रमण गरेका थिए। छत्रपति शिवाजी महाराज टर्मिनस, ताजमहल प्यालेस होटल, ट्राइडेन्ट होटल, नरिमन हाउस र लियोपोल्ड क्याफे लगायतका धेरैवटा स्थानहरूलाई लक्षित गरिएको थियो।

26 नोभेम्बरदेखि 29 सम्म चलेको आतङ्कवादी हमलामा 166 जना निर्दोषको ज्यान गएको थियो भने 300 भन्दा बढ़ी घाइते भएका थिए। सुरक्षा बलहरूले अभियान सञ्चालन गरी आतङ्ककारीहरूको सामना गरेका थिए जसावधि धेरैजना पुलिस एवं सुरक्षाकर्मीहरूले पनि देशको रक्षा गर्दै सर्वोच्च बलिदान दिएका थिए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande